ट्रान्सफर्मर बिग्रिँदा समस्या

इनेप्लिज २०७२ भदौ २७ गते ३:२६ मा प्रकाशित

transfurmar1सप्तरी, २७ भदौ । एक महिना अगाडि विद्युत्को ट्रान्सफर्मर बिग्रिँदा सकरपुरा गाविसका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।

सो गाविसमा ५० केभीको ट्रान्सफर्मर पड्किएको एक महिना बितिसक्दा पनि नेपाल विद्युत् प्राधिकरणले चासो दिएको छैन । करिब एक हजार घरधुरी भएको सो गाविसका बासिन्दा अन्धकारमा बसेर रात बिताउन बाध्य भएको स्थानीयवासी पंकज मण्डलले बताउनुभयो । उहाँका अनुसार हालसम्म ट्रान्सफर्मर जडान नगरिकाले यहाँ धान, गहँु कुटान समस्या हुनाका साथै मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको छ ।

यस्तै पकरी गाविस–१ मा रहेको विद्युत् ट्रान्सफर्मर एक महिना अगाडि पड्किएपछि त्यहाँका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य रहेको बुझिएको छ । ट्रान्सफर्मर पड्केको महिनौँ बित्न लागेको र विद्युत्को समस्या भएको स्थानीयवासी सुकदेव यादवले जानकारी गराउनुभयो । तराईमा भइरहेको लामो समयको बन्द र हडताल कारण ट्रान्सफर्मर मर्मत गर्नमा समस्या भएको प्राधिकरण राजविराजले जनाएको छ ।

प्रतिक्रिया