आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०६:३३
वासिङटन डिसी 19:48

एउटै देश हो हाम्रो, सिमाना नकोरौँ

इनेप्लिज २०७२ भदौ २७ गते ३:२४ मा प्रकाशित

Nepal-mapबाबियाचौर (म्याग्दी), २७ भदौ । साहित्यकारले रचनामार्फत संविधान निर्माणका क्रममा जिम्मेवार बन्न, संयमता र सावधानी अपनाउन राजनीतिक नेतृत्वलाई खबरदारी गरेका छन् ।

म्याग्दी साहित्य सञ्चारले १५०औं मोती जयन्तीका अवसरमा शनिबार बेनीमा आयोजना गरेको कविता वाचन कार्यक्रममा दीपक कार्की (बिखर्ची), दिल श्रीस र सुरज घिमिरे (दीपशिखा)ले देशको वर्तमान राजनीतिक र सुरक्षा अवस्थाप्रति चिन्ताका साथै संविधान निर्माणमा देखिएका विवादलाई समाधान गरी दिगो शान्ति र सद्भावको आह्वान गर्नुभएको थियो ।

‘आयो सङ्घीयता भन्छन् यही हो नयाँ नेपाल ?
खै कहाँ छ अमनचयन यही हो नयाँ नेपाल ?
गजलगो श्रीसले गजलमार्फत प्रश्न गर्नुभयो–
“यस बेला देश अंशबन्डामा छ कसलाई के चाहियो ?
वा क्या गजब विज्ञापन, के यही हो नयाँ नेपाल ?’

‘एउटै देश हो हाम्रो सिमाना नकोरौँ,
दौरा, सुरुवाल, कुर्ता र धोतीको नाउँमा सिमाना नकोरौँ’
अर्का साहित्यकार दीपशिखाको कलात्मक आग्रह थियो । गजलगो बिखर्चीले पनि वर्तमान परिवेशलाई समेटेर चोटिला शब्दमा गजल वाचन गर्नुभएको थियो । सो अवसरमा कविता, मुक्तकलगायत रचना पनि वाचन गरिएको थियो ।

प्रतिक्रिया