शनिबार, मंसिर १३ २०७७
काठमाडौं १९:१९
वासिङटन डिसी 08:34

राति अबेर राष्ट्रपतिले प्रधानमन्त्रीलाई किन फोन गरे ?

इनेप्लिज २०७२ भदौ २७ गते ३:२१ मा प्रकाशित

rambaran-sushil-phoneकाठमाडौँ, २७ भदौ । राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच शनिबार बेलुकी अबेरतिर टेलिफोन वार्ता भयो ।

उहाँहरुबीच संंविधान निर्माण प्रक्रिया र देशको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपति यादवले प्रधानमन्त्री कोइरालालाई टेलिफोन गरी असन्तुष्ट पक्षको माग सम्बोधन गर्न लम्ब्याइएको समयसीमालाई समस्या समाधानको अवसरका रुपमा उपयोग गर्न सुझाव दिनुभएको थियो । अहिले तराईलगायतका क्षेत्रमा आन्दोलन गरिरहेका समूहहरुलाई सहमत नगराई राम्रो संविधान नबन्ने भएकाले २–४ दिन समय थपेर भएपनि सहमति खोज्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कोइरालालाई वार्ताबाटै सहमति खोज्न सुझाव दिँदै उहाँले असन्तुष्ट पक्षलाई लोकतान्त्रिक ढंगबाट विरोधका कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार दाहालले बताउनुभयो ।

प्रतिक्रिया