बिपी जन्मजयन्ती तथा गणेशमान सिंह जन्म शताव्दीमा भर्जिनियामा रक्तदान

इनेप्लिज २०७२ भदौ २७ गते २:१७ मा प्रकाशित

inनेपाली कांग्रेस का संस्थापक नेताहरु स्व.बिश्वेस्वर प्रसाद कोइराला को १०१औ जन्मजयन्ती तथा स्व.गणेश मान सिंह को जन्म शताव्दीको अवसरमा आज बिभिन्न ब्यक्तित्वहरुबाट रक्तदान गरीयो ।

नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय सदस्य केशव बरालले रक्तदान गरी उक्त कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।भर्जिनियाको अमेरिकन रेड्क्रस फेयरफ्याक्समा भएको रक्तदान कार्यक्रममा ब्लड डोनर्स एसोसियसनका संस्थापक अर्जुन प्रसाद मैनालीले न्युयोर्कबाट आएर रक्तदान गर्नु भएको थियो ।

j 13त्यस्तै नेपाली जनसंपर्क समिती न्युयोर्क लङ अाइलैन्ड् का सभापति विश्वराज बास्तोलाले पनि रक्तदान गर्नु भएको थियो । नेपाली कांग्रेस को भात्री संगठन नेपाली जनसंपर्क समिती अमेरिकाको भर्जिनिया च्याप्टर द्वारा आयोजित उक्त कार्यक्रममा जनसंपर्क समितिका अर्जुन सिग्देल ,बिपिन राज उप्रेती,दिपक राना सहित् हेमराज तिवारी,अशिम पाण्डे,प्रदिप घर्ति,अमृत घिमिरे लगायतका महानुभावहरुले रक्तदान गर्नु भएको थियो ।

j 4

सो अवसर मा अमेरिका नेपाल चौपारी समाजका राम चन्द्र भट्टराई,अमेरिका नेपाल सहयोगि समाजका सागर कंडेल,सन्चारकर्मी विश्वराज थापा,डिसी नेपाली समाजका दधी ढुंगाना,पन्डित उमानाथ पन्थी,मुक्तीनाथ पन्त,टंक दाहाल,बच्चन् देव ठाकुर,बुद्धी प्रशाद पौड्याल,यम कुमार सिटौला,पदम प्रशाद पोखरेल,रोम बहादुर जिटि,बिशेषराज उप्रेती लगायत महानुभावहरुको उपस्थिती रहेको थियो ।

न्युयोर्कबाट हवाइमार्ग हुँदै भर्जिनिया सम्म रक्तदान गर्न आउनुभएका पाहुनाहरुलाई च्याप्टर सभापति रामशरण हुमागाइ ले खादा लगाएर स्वागत गर्नुभएको थियो भने कार्यक्रममा सहभागि सबै प्रती च्याप्टरको तर्फबाट आभार ब्यक्त गर्नु भएको थियो ।

j 9 j 7 j 3 j 2 j 12 j 14 j j5 j8

j 10

प्रतिक्रिया