एनएससीआई तथा नासा / आन्मा बीच समझौता ज्ञापन पत्रमा (एमओयु) हस्ताक्षर

इनेप्लिज २०७२ भदौ २६ गते १२:५८ मा प्रकाशित

ns 1अमेरिकाको डिसी महानगर मा स्थापना भएको नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल तथा नासा / आन्मा बिच अमेरिकाको नर्थ क्यारोलिना राज्य स्थित ग्रीनस्बोरोमा गत सेप्टेम्बर ४ देखि ६ सम्म आयोजना भएको ११औ नासा / आन्मा सम्मेलनका अबसरमा समझौता ज्ञापन पत्र (Memorandum of Understanding (MOU))मा हस्ताक्षर भएको छ l

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको सशक्त संगठन नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य पश्चिमी राज्यहरूमा बस्ने नेपालीहरूको छाता संगठन एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्मा) का आगामी बर्षहरुमा आयोजना हुने बार्षिक कार्यक्रम अन्तर्गत हुने खेलकुद कार्यक्रमको आयोजना एनएससीआईले जिम्मेबार बहन गर्ने भनि दुवै संस्था बीच एक कार्यक्रम बिच हस्ताक्षर भएको जानकारी एनएससीआईका महा सचिब बिनय अर्यालले गराएका छन् l

ns 4११औ नासा / आन्मा सम्मेलनका अबसरमा ” स्पोर्टस एण्ड टुरिज्यम बिषयक ” गोष्ठीको आयोजना नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल गरेको थियो भने उक्त कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथि अमॆरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्कीले गर्नु भएको थियो l

उक्त कार्यक्रममा एनआरएन अमेरिका का अध्यक्ष डा .केशव पौडेल, अमेरिकाको इन्डियन हेड सहर का उप मेयर किरण सिटौला,एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिव कुमार राई,एनआरएन. आइसीसी.का पूर्व महासचिब रतन झा, नासियाका पूर्व अध्यक्ष राजा घले, अन्तरास्ट्रिय नेपाली साहित्य समाजका निबर्तमान अध्यक्ष ज्ञानेन्द्र गदाल तथा नासिया का बर्तमान अध्यक्ष बिमल नेपालले मन्तब्य राखेका थिए l

ns 2डायस्पोरामा रहेका नेपाली मुलका युवा पुस्तालाई नेपाल र नेपालीहरु सित जोड्ने एउटा ससक्त माध्यम खेलकूद भएको विचार संस्था कि अध्यक्ष सीता पाण्डेले राखेकी थिईन l खेलकुदको माध्यमबाट नेपालको पर्यटन उद्योगलाइ छिटै नै पुनर्स्थापित गर्न सकिने भएकोले यो छलफल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पाण्डेले बिचार राखेकी थिइन् l

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी कोषाधक्ष्य केमिका भण्डारी ,कार्यक्रम संचालन महा सचिब बिनय अर्याल तथा मन्तब्य प्रकाश नेपालले राखेका थिए l

ns 3

प्रतिक्रिया