बिशेष साधारण सभामा विशेष निर्णय ।

इनेप्लिज २०७२ भदौ २६ गते १०:५२ मा प्रकाशित

nrnnccusa picआज ११ सेप्टेम्वर सुक्रवार साँझ गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले शनिबार बिशेष साधारण सभाको आयोजना गर्ने तयारिको लागी विशेष परिचयात्मक कार्यक्रम न्युओर्कमा सम्पन्न गर्यो । आगामी दशैंको पूर्वसंन्ध्यामा काठमाडौंमा आयोजना हुने एनआरएनको विश्व शिखर सम्मेलनलाई मध्यनजर गर्दै बिशेष साधारण सभामा सहभागी हुन एनआरएन आईसीसीका अध्यक्ष शेष घले, महासचिव कुमार पन्त र डा वद्री केसी उपाध्यक्ष लगायतका आठवटा देशका र एनआरएन अमेरिका का सम्पूर्ण पदाधिकारि तथा च्याप्टरका विभिन्न स्टेटका विभिन्न ठाउमाँ विभिन्न पदका तथा सल्लाहकार समेतको भेलामा परिचयात्मक कार्यक्रमका साथ शनिवार विहान नौ वजे सुरू हुने कार्यक्रमको खाका तयार गरियो ।

संसारमै सबैभन्दा धेरै साधारण सदस्य रहेको अमेरिकी एनआरएनको विशेष साधारण सभा न्युर्याेक स्थित फ्लसिगं सिटीको गणेशथान मंदिरमा भव्यताका साथ मनाउने तयारि सम्पूर्ण पदाधिकारिका वीचमा निर्णय सुनाइयो ।

विशेष साधारण सभामा एनआरएन अध्यक्ष शेष घले लगायतका उच्च पदाधिकारीहरुको सहभागिता हुने रौनकले कार्यक्रममा आजै देखि देश विदेशवाट पाहुनाहरूले न्युओर्क खचाखच भरिएको छ । शनिवार हुने कार्यक्रममा ‘ एकपटकको नेपाली संधैको नेपाली’ का नाराका साथ सारा नेपालीलाई आत्मसात गर्दै विश्वभरका एनआरएनको एउटै नारा वोकेर हिँड्ने उद्देश्यले सभाले मुख्यत आईसीसी र एनसीसी अमेरिकाको विधानमा रहेको असमझदारीलाई समाधान गर्ने छन ।

कतिपय कुराहरू एनआरएन अमेरिका र अन्तर्राष्ट्रीय समन्वय परिषदका वीच तालमेल नभएकाले पनि केही समस्याहरू भएको देखिन्छ । त्यस्तै एनआरएनको साधारण सदस्य बन्नका लागि कम्तीमा दुई बर्ष सो देशमा रहनु पर्ने र मात्रै साधारण सदस्यता लिन पाउने भन्ने आईसीसीको विधानसँग अमेरिकी एनआरएनको विधान पूर्ण रूपमा नभएकोले त्यसलाई सच्याउँदै एउटै नीति र नियम वनाउने उद्देश्य रहेको बताए । त्यसैले, बिशेष साधारण सभाले शनिवार हुने कार्यक्रममा आगामी विश्व सम्मेलनका लागि प्रतिनिधीहरुको छनोट पनि गर्नेछन् । त्यसरिनै नेपालमा गएको महा भूकम्पमा पिडितहरुका लागि थप कार्यक्रमहरुको बारे निर्णय गर्नेछन् । सो कार्यक्रममा नेपालमा गएको महा भूकम्पमा एनआरएनले वनाइदिने भनेको घरहरू र अरू पनि वोलेका कुराहरू कसरि समाधान गर्ने तथा एउटै उद्देश्यका लागि कसरि वाटो तयगर्ने तयारिमा जुट्ने छन् । यसै गरि विशेष साधारण सभा महत्वपूर्ण रहेको उल्लेख गर्दै आईसीसी र एनआरएन अमेरिका बीच कुनै खाले विवाद नरहेने आम नेपालीको चाहनालाई पुरा गर्ने छन् ।
सर्बज्ञ वाग्ले
मिडिया कोर्डिनेटर
एनआरएन अमेरिका

प्रतिक्रिया