शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १९:५८
वासिङटन डिसी 09:13

मुन्द्रे र वद्री अमेरिकामा व्यस्त

इनेप्लिज २०७२ भदौ २५ गते ४:१४ मा प्रकाशित

kalakarबाल्टिमोर,अमेरिका,सेप्टेम्वर १०/ आफ्नो प्रहसनमा प्रायस्एसएलसी पास भएको धक्कु लगाउने कलाकार जितु नेपाल अहिले अमेरिकाको विभिन्न शहरमा मुन्द्रे कलाको प्रस्तुतिमा जुटेका छन् । हाँस्य जगतमा पछिल्ला दिनहरुमा जमेका कलाकारहरुको सूचीमा जितुको नाम आउने गरेको छ । अमेरिकाको व्यस्त जीवनशैलीमा उनको प्रस्तुतिको प्रतीक्षामा नेपाली समुदाय रहेको छ । तर जीतुको अनुभवमा नेपालमा भन्दा अमेरिकामा वस्ने नेपालीहरु सूचनाको पहुँचको कारणले सूसूचित हुने रहेछन् । ुत्यसैले नेपालका विषय वस्तुहरुमा व्यङ्ग गर्दा यहाँका नेपालीहरुको भावना समेटिने रहेछु उनले मंगलवार संक्षिप्त कुराकानीको क्रममा भने –मलाई नेपालमा र अमेरिकाको प्रस्तुतिमा दर्शकहरुको समान भावना भएको अनुभूति भएको छ ।

kalakar3यसपटक कलाकारहरुले संयुक्त प्रस्तुति मार्फत दर्शकहरुलाई हँसाउने र नचाउने छन् । त्यसमा लोक दोहोरी,नृत्यको माध्यमवाट समेत मनोरञ्जन दिनेछन् । कार्यक्रमको व्यवस्थापन गरेका बुद्धि रेग्मीले जानकारी दिदै भने,(ुहामीहरुले कार्यक्रमलाई एउटा प्याकेजको रुपमा वनाएका छौं ।ु रेग्मीले स्थानीय संघसंस्थाको सहयोगमा कार्यक्रम भैरहेको जानकारी दिदै न्यूयोर्क,भर्जिनिया लगायतको स्थानमा नेपाल अमेरिका पत्रकार संघ नेजासँग सहकार्य गरेर कार्यक्रम सम्पन्न गर्न लागिएको वताए ।

कार्यक्रममा सहकार्य गरेको नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष गौतम दाहालले नेजाले आपतकालीन कोषको लागि नेजा नाईट कार्यक्रम गर्न लागेको जानकारी दिए । उनले कलाकारहरुको व्यवस्थापन गरिरहेको वर्ल्ड विजनेश एण्ड म्यानेजमेन्ट कन्सलटेन्टसँगको सहकार्यमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
भर्जिनिया,न्यूयोर्क, वाल्टिमोर लगायतका शहरमा जीतुसहित वद्री पंगेनी,शिला आले र निरु खड्काका साथ ढकाल व्रदर्शको टोलीले हँसाउँदै लोकगीतवाट प्रवासी भूमिमा नेपालीलाई नचाउने छन् ।
लोक दोहोरीको वेजोड प्रस्तुतिका साथ वद्री पगेनी आफू अमेरिकाका लोकगीतप्रेमी श्रोता,दर्शकलाई नचाउन आएको बताउछन् । पंगेनीले भुकम्पपछि नेपालको अवस्था नाजुक भएको भन्दै देश विदेशमा चित्रण भएकाले त्यसलाई चिर्नु पनि दायित्व भएकोले त्यो विषयलाई पनि समावेश गरिएको जानकारी दिए ।
दिनदिनै विदेशिन्छन देशका खम्वाहरु
यो भन्दा दुर्गति के हुने हो अरु ?
खोई हाम्रो दिलमा घामै लागेन
जसको सरकार आएपनि जनताको शासन आएन ।
यो वोलको गीतले अमेरिका पलायन भएकाहरुलाई पनि विम्ब प्रदान गरेको छ । देशका विभिन्न क्षेत्रमा ख्याति कमाएकाहरु पलायन भएकाको सूची अमेरिकामा पनि उत्तिकै रहेको छ । आफ्नो संक्षिप्त कुराकानीमा वद्रीले भने(ुहामीहरु देश भक्तिको भावनाका साथ भुकम्प पछिको पुर्ननिर्माणमा पनि केही सहयोग जुटाउन सकिन्छ कि भन्ने सोचमा छौं,हामीहरुले जल्दावल्दा समस्याहरुलाई आफ्नो कला मार्फत पस्किनेछौं ।ु परिस्थिति अनुसार भाका जोडेर गाउन सफल वद्रीको प्रस्तुति रोचक हुनेछ ।

silaaaleकहाँ कहाँ हुँदैछ कार्यक्रम

तीज,दशैं(तिहार धमाका नामको यो दुई महिना लामो सांगीतिक टुरको गत ३० अगष्टको दिन पिटसवर्गमा अमेरिकाका लागि नेपालका राजदूत अर्जुनवहादुर कार्कीले उदघाटन गर्नु भएको थियो । यो टोलीले नेपाली तथा भुटानी समुदायको बसोवास रहेको अमेरिकाका प्राय: सबै प्रमूख शहरमा कार्यक्रम गर्ने भएको आयोजक बुद्धि रेग्मीले जानकारी दिनु भयो । अहिलेसम्म तय गरिएको कार्यक्रममा सेप्टेम्वर १३ तारिखमा लसएञ्जलस, १९ तारिखमा भर्जिनिया, २७ तारिखमा न्यूयोर्क ज्याक्सन हाईट,अक्टुबर ३ नर्थ क्यारोलिना,अक्टुबर ४ मा एटलान्टा, अक्टुबर १० नेब्रास्का,अक्टुबर ब११ साउथ डकोटामा हुने भएको छ । यसै गरी अक्टुबर १६ मा टेक्सास, अक्टुबर १७ डल्लास, अक्टुबर २० शिकागो, अक्टुबर २४ एरिजोना फिनिक्स, अक्टुबर २५ सन् फ्रान्सिस्को , अक्टुबर २८ फिलाडेल्फिया र नोभेम्वर १ मा वाल्टिमोरमा कार्यक्रम हुने भएको हो । यो समाचार तयार पार्दासम्म विभिन्न चार स्थानमा कार्यक्रम सम्पन्न भईसकेको छ । कार्यक्रम करिव १५ हजार नेपाली तथा नेपालीभाषी भुटानीहरुले समेत प्रत्यक्ष अवलोकन गर्न सक्ने अपेक्षा गरिएको छ ।
यस पटकको कार्यक्रममा भुटानी संघसंस्थाहरुले समेत सहयोग गरेकाले कार्यक्रम उनीहरुको वाहुल्यता भएको स्थानमा समेत गर्न लागिएको हो ।

प्रतिक्रिया