फुलको आँखामा फुलै संसार अचानक फुरेको गित हो : प्रख्यात संगीतकार न्ह्यू बज्राचार्य

इनेप्लिज २०७२ भदौ २५ गते १:२० मा प्रकाशित

images

नेपाली संगीतका एक होनहार तारा न्हू बज्राचार्य अमेरिकाको भ्रमणमा हुनु हुन्छ l संगीतकार बज्राचार्य अमेरिकाको नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्मा) को संयुक्त एघारौं सम्मेलनको लागि नेपालबाट अमेरिकाको नर्थ क्यारोलिनामा आएको बताउनु भो l

वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासमा राजदुत डा अर्जुन कुमार कार्कीको निमन्त्रणा दुताबास पुगेको समयमा वहा संग राखेको जिज्ञाशामा साथीभाईले अमेरिका आउनु पर्यो भनेकोले नर्थ क्यारोलिना आएको न्ह्यू बज्राचार्यले बताउनु भयो l र यसको साथै आफना केहि सांगीतिक कोसेली स्वरुप अल्बम बिमोचन गर्न पनि अमेरिका आएको बताउनु भयो l

न्हू बज्राचार्य द्वारा संगीत दिइएका प्रख्यात गीतहरु फूलको आँखामा ,ओरालो लागेको हरिणको चाल ,सयौ थरि बाजा तथा नेपाली रास्ट्रिय गीत सयौं थुंगा फूलका हामी लगायत हजारौं गीत छन् l

वाशिंगटन डिसी स्थित नेपाली दुताबासमा गफिने क्रममा गित सानै देखि गएको स्मरण गर्दै खास १३ बर्ष देखि मंचमा काम गर्न थालेको भन्नु भयो l पहिले सौकमा गितमा लागेको बताउनु भयो l संगीतमा २०४५ साल देखि नै आफुलाई मान्छु भन्दै २०४५ मा रेडियो नेपालको प्रतियोगितामा प्रथम भएको बताउनु भयो l त्यस पछि संगीतमा ब्यबसायिक रुपमा डुबुल्की मार्न थालेको बताउनु भयो l

त्यो भन्दा अगाडी पनि गित अभिलेखन (रेकर्डस )पनि गरेको भएता पनि २०४५ साल लाई नै आफुले मान्ने गरेको बताउनु भयो  आफुले दिएका संगीतमा सबै भन्दा ज्यादा मन पर्ने कुन गित छान्नु हुन्छ भन्ने जिज्ञाशामा कुनै यो गित भनि टिप्न अप्ठ्यारो छ भन्दै आनी छोइङ्ग डोल्माको एक हरफ फुलको आँखामा फुलै संसार भन्ने गित न्ह्यू बज्राचार्यले सुनाउनु भयो l

बिभिन्न सुरमा बिभिन्न खालका कहिले राष्ट्रियताबाट ओतप्रोत भएको भने कहिले लोकशैली ,कहिले अलिक अध्यात्मिक भएर गित पनि गाएको छु भन्नु भयो l गितलाई श्रोताहरुले मन पराई दिनु भनेको भाग्य पनि हो जस्तो लाग्छ भन्नु भयो l गित संग जोड्न पाउनु संगीतकारको भाग्य हो भन्नु भयो l

फूलको आँखामा फुलै संसार भन्ने गित बारे केहि जानकारी तथा कति समय लाग्यो भनि जिज्ञासा राख्दा १० मिनेट मै तयार भएको भन्दै अचानक फुरेको गित भनि जानकारी दिनु भयो l विश्व भर रहेका नेपाली तथा अमेरिका भरि रहेका नेपाली आई के संदेश दिन चाहनु हुन्छ भन्ने जिज्ञासामा हाम्रो संगीत निकै माथि आयोस भन्ने चाहना हाम्रो छ l

र ,अन्य देशको तुलनामा माथि आउन पनि सक्छ भन्दै यहाँहरुले हाम्रो गित सुनी दिनु पर्यो l र हामीलाई हौसला दिनु पर्यो भन्नु भयो l र फेरी छिट्टै नेपाल फर्कने बताउदै अमेरिकामा आफ्ना धेरै साथीभाई रहेको पनि बताउनु भयो l

प्रतिक्रिया