मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:२४
वासिङटन डिसी 16:39

सुकीले सुरु गर्नुभो निर्वाचन अभियान

इनेप्लिज २०७२ भदौ २४ गते १४:२८ मा प्रकाशित

sukiलोइकवा (म्यानमार), २४ भदौ । म्यानमारमा हुन लागेको आम निर्वाचनका लागि त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले प्रचार प्रसार अभियान सुरु गर्नुभएको समाचार छ ।

म्यानमारमा हुन लागेको सो निर्वाचनका लागि सुकीले बिहीबार पहिलो पटक सो अभियान सुरु गर्न लाग्नुभएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँको सहभागिता रहेको सो निर्वाचन अभियानमा हजारौँ जनाको सहभागिता रहेको जनाइएको छ ।

वर्तमान सत्तारुढ दलको बलियो पकड रहेको भनिएको म्यानमारको सुदुरपूर्वी क्षेत्रबाट उहाँले बिहीबार सो अभियान थाल्नुभएको हो ।

उक्त अभियानमा उहाँलाई हेर्नका लागि पनि हजारौँ नागरिकको सहभागिता रहेको समाचारमा जनाइएको छ ।

उहाँले कायाह राज्यमा बिहीबार सुरु गर्नुभएको निर्वाचन अभियानपछिको भाषणमा व्यापक मात्रामा जनसहभागिता रहेको जनाइएको छ ।

उहाँले आफ्नो मतदाताहरुलाई म्यानमारको भविष्यका बारेमा सोच्न तथा सो देशको युवा पुस्ताका लागि सोच्न पनि आग्रह गर्नुभएको थियो ।

उहाँले निर्वाचन भाषणका क्रममा भन्नुभयो– हामीले हाम्रो देशको कस्तो भविष्यका बारेमा सोच्ने ? कस्तो स्वास्थ्य तथा शिक्षा हाम्रा आगामी पुस्ताले पाउन सक्छन् भन्ने बारेमा आजैदेखि सोच्ने कि नसोच्ने ?

म्यानमारमा करिब २५ वर्षपछि पहिलो पटक देशका सबै प्रजातान्त्रिक दलहरुको सहभागितामा निर्वाचन हुन गइरहेको छ ।

आगामी नोभेम्बर ८ मा हुन लागेको सो निर्वाचनमा नेत्री सुकीले पनि उम्मेदवारी दिँदै हुनुहुन्छ । उहाँले यसअघि पनि करिब दुई वर्षअघि म्यानमारको उपनिर्वाचनमा भाग लिनुभएको थियो ।

सुकी हाल म्यानमारको प्रमुख विपक्षी दलका नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा म्यानमारको दल यस आमनिर्वाचनमा भाग लिँदैैछ ।

प्रतिक्रिया