सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०४:३९
वासिङटन डिसी 17:54

पछि पनि संविधान संशोधन गर्न सकिन्छ: मन्त्री डा रिजाल

इनेप्लिज २०७२ भदौ २४ गते १४:०७ मा प्रकाशित

minendra-riajal-300x200काठमाडौँ, २४ भदौ । सूचना तथा सञ्चारमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले जारी भएपछि पनि संविधान संशोधन गर्न सकिने बताउँदै असन्तुष्ट दलले शान्तिपूर्ण, वैधानिक र राष्ट्रिय अस्मिताको बाटो रोज्नुपर्नेमा जोड दिनुभयो ।

संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको दफाबार छलफलमा भाग लिँदै उहाँले बिपी कोइरालाले २००६ सालदेखि जनताको संविधानका लागि संविधानसभाको सपना देख्नुभएको स्मरण गर्दै आजको राजनीतिमा उत्साहसँगै केही शिथिलता थपिएको उल्लेख गर्नुभयो ।

उहाँले आफूले राखेका कतिपय सुझाव संशोधनमा नपरे पनि पार्टीको समग्र सोचका आधारमा विधेयकलाई समर्थन गर्ने जनाउनुभयो । विधेयकमा महिला, दलित, जनजाति र मुसलमानलगायत सबैका चाहनालाई एक हदसम्म पोल्टामा राख्न सकिएको बताउँदै उपलब्धि गुम्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया