अर्थव्यवस्थाको विकास नै बिपीको सपना: अर्थमन्त्री
काठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा रामशरण महतले ग्रामीण क्षेत्रको विकास भए मात्र मुलुकको विकास हुने बताउनुभएको छ ।
बिपी कोइरालाको एकसय एकऔँ जन्मजयन्तीको सन्दर्भमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘शताब्दी पुरुष ः बिपी कोइराला’ विषयक विचार गोष्ठी तथा जन्मशताब्दी समापन समारोहमा अर्थमन्त्री डा महतले बिपीको सपना मुलुकको अर्थव्यवस्थाको विकास गर्नु रहेको थियो भन्नु भयो ।
उहाँले भन्नुभयो, “देशमा लोकतान्त्रिक संविधान जारी गरेमात्र बिपीको अधुरो चाहना पूरा हुन्छ ।” डा महतले नयाँ बन्ने संविधानभित्र पनि कतिपय कमीकमजोरी भएको भन्दै सम्झौता र सम्बोधन गरेर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री नारायणप्रसाद साउदले जननायक कोइराला हिमाल, पहाड र तराई सबैले माया गर्ने व्यक्ति भएकाले उहाँको सपना पूरा गर्न सबै क्षेत्रका जनताको भावनालाई समेटेर संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, महासचिव देवेन्द्रप्रकाश पौडेल, काँग्रेसका नेता पुष्पराज पराजुली, कुमार रेग्मीलगायतले वार्ता र संवादको माध्यमबाट संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सूची नेपाल आएको र नेपालमा रहँदा प्रतिष्ठानले गरेको विभिन्न कार्यक्रमलाई समावेश गरेर लेखिएको “बिपी जन्मशताब्दी विशेषाङ्क” विमोचन गरिएको थियो ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया