आइतबार, मंसिर १४ २०७७
काठमाडौं १८:४१
वासिङटन डिसी 07:56

यमन आक्रमणमा सात भारतीय वेपत्ता

इनेप्लिज २०७२ भदौ २४ गते १३:१९ मा प्रकाशित

DSC09680-150x150

नयाँ दिल्ली, २३ भदौ । साउदी अरबसँगआवद्ध सेनाले मङ्गलबार यमनमा गरेको हवाई आक्रमणमा परी सातजना भारतीय नागरिक बेपत्ता भएको भारतीय विदेश मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यमनका विद्रोहीलाई लक्ष्यगरी गरिएको यो हवाई आक्रमणको निशाना भारतीय नागरिक चढेको एक डुङ्गा पनि भएको जनाइएको छ ।
चालकदलका सदस्यसहित २० भारतीय नागरिक बोकेको सो डुङ्गा हवाई आक्रमणबाट प्रभावित भएको बताइएको छ ।
ती मध्ये १३ जनालाई जिवीतै उद्धार गरिएको र सात बेपत्ता रहेका सो समाचारमा उल्लेख गरिएको छ ।
सो डुङ्गा मङ्गलबार सोमालियाको बन्दरगाह सहर बेर्बेराबाट यमनको मोखातर्फ गईरहेको बताइएको छ ।

साउदी अरेबियासँगआवद्ध संयुक्त सेनाले यमनमा गत मार्च महिनादेखि हवाई आक्रमण सुरु गरेका छन । सो हवाई आक्रमणमा यमनका हुर्थी विद्रोहीलाई लक्ष्यगरी गरिएको जनाइएको छ ।

गत शुक्रबारदेखि संयुक्तसेनाले हुथी विद्रोहीलाई लक्ष्यगरी भीषण आक्रमण सुरु गरेको बताइएको छ ।

इरानको समर्थन रहेको हुथी विद्रोहीहरुले जारी राखेको द्वन्द्वको कारण यमनका राष्ट्रपति अबेद्राराब्बो मन्सुउर हादी भागेर साउदी अरबको शरण पुग्नु भएपछि साउदी अरबले हवाई आक्रमण सुरु गरेको हो ।

जारी द्वन्द्वको कारण भारत यमनको दोस्रो ठूलो सहर आदेनमा अवस्थित आफ्नो राजदूताबाससमेत बन्द गरेको थियो ।

त्यसको एक महिनापछाडि आफ्नो ४ हजार ५ सय नागरिकलाई भारतले यमनबाट विस्थापित गरेको थियो । रासस ÷एएफपी

प्रतिक्रिया