जानकी मगर र भद्रगोलको जिग्री,पांडे,बेलासेले तीजको अवसरमा शुक्रवार आबुधाबीमा धुम मच्चाउने

इनेप्लिज २०७२ भदौ २३ गते १७:१८ मा प्रकाशित

तीज तीजआबुधाबी, भाद्र २३ – नेपाली महिलाहरुको पर्व तीजले यतिबेला आबुधाबीलाई समेत राम्रैसंग तताई रहेको छ । यस बर्ष आबुधाबीमा खुल्ला रुपमा सबै क्षेत्रका नेपाली दर्शकलाई समेट्ने गरी काइट इन्टरटेनमेन्ट समुहले  ११ सेप्टेम्बरका दिन धुमधामसंग तीज धमाका कार्यक्रम गर्दैछ ।

आबुधाबीको अल नाहादा नेसनल स्कुलको सभा हलमा दिनको २ बजेबाट शुरु हुने उक्त तीज धमाका कार्यक्रममा भर्खरै पशुपति शर्मासंग पानी पुरी गीत गएर अत्याधिक चर्चामा रहेकी लोक गायिका जानकी तारामी मगरले तीजका गीतहरु गएर दर्शक नचाउने छिन् । तीज र गाइजात्रा नजिक नजिकै पर्ने भएकाले काइट समुहले दर्शकलाई थाक्ने गरी हसाउन चर्चित टेली सिरियल

भद्रगोलका जिग्री, पांडे र बेलासेलाई समेत एकै मंचमा उतार्दैछ । सक्किगोनी थेगोले चर्चा कमाएका कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पांडे) र सुबाश कार्की

(बेलासे)ले हास्यब्यंगको ताजा प्रस्तुति देखाउनेछन् । साथमा रुन्चे गायकको उपमा पाएका गायक प्रकाश पौडेलको प्रस्तुति समेत दर्शकहरुले हेर्न पाउनेछन् ।आफुहरु आबुधाबीमा प्रस्तुतिको लागि आउने संदेश सहितको भिडियो सबै कलाकारहरुले सार्वजनिक गरेकाले उक्त कार्यक्रम चर्चाको शिखरमा रहेको छ ।

काइट इन्टरटेनमेन्ट समुहका सदस्यहरु चोक चोकमा पुगेर टिकट बिक्रि गर्नमा व्यस्त रहेको देखिन्छ भने आबुधाबी, मुसाफा, आइकाड लगायतका स्थानका लेबर क्याम्पहरुमा समेत कार्यक्रमका पोस्टरहरु पुगिसकेको काइट प्रमुख बिकाश अधिकारीले बताएका छन् ।  थोरै पारिश्रमिक पाउने नेपाली दर्शकहरुले पनि मनोरञ्जनको लागि कार्यक्रममा सहभागि हुन पाउनु

पर्छ भन्ने उद्देश्यले कार्यक्रमको टिकट शुल्क न्युनतम राखिएको काइट समुहले जानकारी दिएको छ ।

सामाजिक क्षेत्रमा सधैं कृयाशील रहिरहने उद्घोष गर्दै आयोजक समुहले कार्यक्रम पश्चात दुतावासको महिला सेल्टरमा आश्रीत केहि महिलाहरुलाई नेपाल जाने हवाई टिकट उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेको छ ।  हरेक नेपाली चाडपर्वमा नियमित रुपमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने नीति लिएको काइट समुहले सामाजिक सेवामा पनि अग्रसर रहेर यहाँका नेपालीहरुको मन जित्नेतर्फ लाग्ने अधिकारी बताउछन ।

प्रतिक्रिया