सरकारलाई घुँडा टेकाएरै छाड्ने मधेसी नेताहरुको दाबी

इनेप्लिज २०७२ भदौ २३ गते १५:३३ मा प्रकाशित

भैरहवा, २३ भदौ । मधेसी मोर्चाका नेताहरूले सरकारलाई कुनै पनि हालतमा घुँडा टेकाएरै छाड्ने दाबी गरेका छन् ।

संयुक्त मधेसी मोर्चाले आज भैरहवामा गरेको विरोधसभामा ती नेताहरूले अहिलेको सरकारले निरङ्कुशता लाद्दै मधेसी जनतामाथि अपमान र अत्याचार गरिरहेको आरोपसमेत लगाए ।

विरोधसभालाई सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टिका अध्यक्ष महेन्द्रराय यादवले सम्बोधन गगर्नुभएको थियो ।

मोर्चाले गाउँगाउँमा माइकिङ गरेर अनिवार्य उपस्थितिका लागि आह्वान गरे पनि सभामा मुस्किलले तीन हजार जति मानिस मात्रै देखिएका थिए ।

प्रतिक्रिया