सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्नुपर्छ: अध्यक्ष बिजुक्छे

इनेप्लिज २०७२ भदौ २३ गते १४:३३ मा प्रकाशित

rohit1भक्तपुर, २३ भदौ । नेपाल मजदुर किसानका पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले सहमति हुन नसकेका विषयलाई थाती राखेर भएपनि संविधान जारी गर्नुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सबै कुरा एकै पटक निर्णय गर्न खोज्दा संविधान निर्माण सङ्कटमा परेको बताउनुभयो ।

“थालभरिको खाना गाँस गाँस गरेर खाएको भए ढिलै भए पनि सकिन्थ्यो तर सबै एकै गाँसमा सिध्याउन खोज्दा अड्किएजस्तै भएको छ,” बिजुक्छेले भन्नुभयो, “सहमति भएका विषयलाई समेटेर संविधान जारी गर्ने र विवादित विषयलाई छलफल र सहमतिबाट संविधानमा समेट्दै जानुपर्नेमा त्यसो हुन सकेन ।”

प्रदेशका विभाजनका विषयलाई लिएर ठूला दलका केही नेताहरू दूतावास धाउने, सीमापारि गई बैठक राख्ने र भारतसँग गुहार माग्ने प्रवृत्तिले संविधान निर्माणमा समेत अवरोध सिर्जना गरेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया