मास्कोमा गैरआवासीय नेपाली संघ रुसको सातौं राष्ट्रिय अधिवेशन सुसम्पन्न

इनेप्लिज २०७२ भदौ २३ गते १४:११ मा प्रकाशित

10353171_964494933589912_3498089869594829915_n

मास्को, ६ सेप्टेम्बर २०१५ (आइतवार) । रसियाली जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ कोे सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस (एनआरएनए रसिया) का कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमनको सभापतित्वमा सातौं राष्ट्रिय अधिवेशन सुसम्पन्न भयो ।

10506650_10206704953277775_7913285958457843213_oनेपालबाट निम्त्याइएका अतिथि गायक–गायिकाको फोटोसहित गैरआवासीय नेपाली संघरूसको ‘सातौं राष्ट्रिय अधिवेशन’ अङ्कित रङ्गीन पोष्टर टाँगिएको मञ्चमा प्रमुख अतिथि रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला तथा गैरआवासीय नेपाली संघका संस्थापक–अध्यक्ष डा. उपेन्द्र महतो, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष जीबा लामिछाने, कोषाध्यक्ष डा. बद्री के.सी., महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतमका साथै रूसमा रहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (रूस सीआईएसनेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, विश्व नेपाली साहित्य महासंघ रूस, नेपाली नारी निकुञ्ज, नेपाली घात्रसंघ, रुस नेपालविद्या केन्द्र) का प्रमुखहरूसहित सातौं राष्ट्रिय अधिवेशनको भव्य उदघाटन समारोहका अतिथिहरूबाट स्थान ग्रहण गरिएको थियो ।

10636790_10206704940997468_5481221055500840607_o

अधिवेशनका सञ्चालक एनआरएनए रसियाका सचिव तेजबहादुर शाहको प्रस्तावअनुसार सबैले उठेर करतलध्वनिबाट सातौं राष्ट्रिय अधिवेशनको समुदघाटन गरिनुका साथै उपाध्यक्ष रङ्गनाथ पौडेलबाट सारगर्भित स्वागत मन्तव्य राखिएपछि रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले मास्कोस्थित नेपाली राजदूतावास च गैरआवासीय नेपाली संघ रूसको बीचमा सुमधुर सम्बन्ध कायम रहेको जनाउनुहुँदै अधिवेशाको सफलताको लागि हार्दिक शुभकामन व्यक्तगर्नुभयो ।

11921721_10206704946637609_1081867666843138815_oगैरआवासीय नेपाली र्सघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले रूसमा रहेकानेपालीहरूबाट ठीक १२ वर्षअघि राजतन्त्रकै वेला सुरु गरिएको गैरआवासीय नेपाली अभियानले अहिले व्यापक रूप लिइसकेको चर्चा गर्दै महाभूकम्पजस्तो दैवी प्रकोपपछिको भीषण दुःखको अवस्थामा पनि नेपालीहरुको मुहार हँसिलो नै देखेको अनुभव बाँट्दै निकै दुःख भोगीसकेका नेपालीहरूले देशमा अहिले जस्तो अवस्था भए तापनि कठिनाईहरूको सामना गर्दै अन्ततोगत्वा सुखको लागिको संघर्षमा अवश्य विजय हासिल गर्नेछन् भन्ने भावाभिव्यक्ति प्रकट गर्नुभयो ।

11921831_10206704963518031_4502966606961715610_oएनआरएन आईसीसीका निवर्तमान अध्यक्ष जीवा लामिछानेले ‘नेपालीका लागि नेपाली’ भन्नेआदर्श वाक्यबाट सुरु भएको अभियानको सञ्जाल अहिले विश्वका ७१ देशहरुमा विस्तारित भइसकेको परिप्रेक्ष्यमा यस संस्थाको गुणात्मक वृद्धिमा ध्यान दिनु आवश्यक भएको अभिव्यक्तिका साथै नेपालको पुनर्निमाणमा लाग्न अभिप्रेरित गर्नुभयो । केन्द्रीय कोषाध्यक्ष डा. बद्री के.सी.ले संघको अतीत, वर्तमान र भविष्यबारे धारणा राख्दै नेपालमा भूकम्पपीडित क्षेत्रहरूमा पुगेर गैरआवासीय नेपालीहरूले परोपकारी कार्यमा पु¥याएको योगदानको उल्लेख गर्दै अहिले विश्वका विभिन्न देशहरुमा नेपालीहरूको संस्खा ५ लाख नाघिसकेको अवस्थामा संस्थाको आत्मनिर्भरतामा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रयत्नशील रहीआईसीसीको महासचिव पदमा उम्मेदवारी दिने बताउँदै समर्थनका लागि आह्वान गर्नुभयो ।

11923274_10206705034839814_4728484087171899481_o

केन्द्रीय सदस्य गोविन्दप्रसाद गौतमले ‘नेपालीका लागि नेपाली’ को मूल भावनाअनुरूपक्रियाशील संघका सदस्यहरूको मातृभूमिप्रतिको दायित्वबारे प्रकाश पार्नुभयो । एनआरएनएआईसीसीमा महिला–संयोजक सपिला राजभण्डारीले संघको तर्पmबाट सम्पन्न विभिन्न लोककल्याणकारी क्रियाकलापबारे प्रकाश पार्दै सबै क्षेत्रमा महिलाहरूको भूमिका र सकियतामा जोड दिनुभएको थियो । प्रवक्ता डा. मणिराज पोखरेलले गैरआवासीय नेपाली संघ राजनीतिनिरपेक्ष्य विशुद्ध सामाजिक संगठन भएको जनाउँदै रूसमा रहेका गैरआवासीय नेपालीहरूले नेपाली राजदूतावासबाट छिटो परिचयपत्र लिन र काठमाडौंमा निकट भविष्यमेै सम्पन्न हुन गइरहेको सातौं महाधिवेशनमा सक्रिय सहभागिताका लागि पनि आह्वान गर्नुभयो । रुस–नेपालसहयोग तथा मैत्री समाजका सचिव बोरिस भेर्शिनिनले आगमी वर्ष रूस र नेपालबीत कूटनैतिक सम्बन्धको ६० वर्ष भव्यताका साथ मनाउन आह्वान गर्नुभयो ।

11928739_10206704929677185_3467538270182437252_o

रूसमा बसोवास गरिरहेक नेपालीहरूको अग्रजको हैसियतले यस पंक्तिकारले पनि शुभेच्छा मन्तव्य व्यत्क गर्ने अवसर पाएको थियो । रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको सहयोगबाट विश्वमा तेस्रो देशको रूपमा रुस महासंघमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापनाका साथै आदिकविका कविताहरूको रूसी भाषामा अनुवादसहित ‘लोक्को गरूँ हित् भनी’ द्विभाषिक संग्रहका सथै भानुजयन्ती समारोहप्रति समर्पित ‘स्वर्गद्वारीको पुल’ तथा नेपाली भाषामा ‘रूसमा नेपालको बिम्ब’, ‘हिन्दु अधिराज्यबाट धर्मनिरपेक्ष्य गणतन्त्रतिर’ र रूसी भाषामा गोनु झाका ‘कथाकुथुङ्ग्री’ आदि पुस्तकहरूको प्रकाशन भइसकेको र अरु पनि केही पुस्तकहरू प्रकाशनको क्रममा रहेको सूचित गर्दै यस प्रकारको प्रकाशनबाट नेपाल र रूसका जनताहरूबीच मैत्री सम्बन्धको विकासमा योगदान पुग्ने कुरा जनाएको थिएँ र ठीक १४० वर्षअघि सर्वप्रथम नेपालको यात्रा गर्ने प्रख्यात् रूसी विद्वान् इभान मिनाएभको १७५–रौ जन्मजयन्ती मनाउन आह्वानगरेको थिएँ ।

11953477_10206704915796838_41219963491685809_o

नेपाली छात्रसंघ (रसियाली जनमैत्री विश्वविद्यालय) का अध्यक्ष उत्तम लामिछाने प्रभृति सबै वक्ताहरूबाट सातौं राष्ट्रिय अधिवेशनको सफलताको शुभकामनासहित मन्तव्य प्रस्तुत गरिएको थियो । उदघाटन समारोहको समापन गर्दै गैरआवासीय नेपाली संघ रूसको सातौं राष्ट्रिय अधिवेशनको सभापतित्व गर्ने कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमनबाट समारोहमा उपस्थित अतिथिहरू र सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।

11958182_10206705032959767_7563695358200180583_o

सातौं राष्ट्रिय अधिवेशलको दोस्रो चरणमा रुस राष्ट्रिय समन्वय परिषदका सचिव तेजबहादुर शाहबाट गतः २ वर्षको कार्यकालको प्रतिवेदन प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष सुमन रिजालबाट आय–व्ययको विवरण पेश गरिएपछि लेखापरिक्षण समितिका अध्यक्ष डा. एकनारायण चापागाईंबाट विवरणको पुष्टि गरिएको थियो । दुवै प्रतिवेदनहरु सर्वसम्मतिबाट स्वीकार गरिएपछि गोविन्दप्रसाद गौतमको संयोजकत्वमा गठित संस्थाको विधान संशोधन समितिको तर्पmबाट डा. भीष्म आचार्यले विधानमा संशोधन गर्न राखिएको प्रस्तावमा उल्लिखित विभिन्न बुँदाहरुमा छलफल भई संशोधन पारित गरिनुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषदको विचारार्थ पठाइने सुझाव समेत पारित गरियो । तत्पश्चात् डा. मणिराज पोखरेलको अध्यक्षतामा गठित निर्वाचन समितिले सातौं राष्ट्रिय समन्वय परिषदमा निर्विरोध निर्वाचित पदाधिकारीहरु तथा सदस्यहरुको नामावली पढेर सुनाउँदा अधिवेशनका सहभागीहरुले क्रमशः करतलध्वनिले समर्थन व्यक्त गरेका थिए । नवनिर्वाचित परिषद्का पदाधिकारीहरू तथा सदस्यहरूको नामसूची निम्नप्रकार छ ः

अध्यक्ष ः दीनानथ राजभण्डारी,

उपाध्यक्षद्वय ः रामेश्वर गौतम तथा डिल्ली खरेल सुमन,

महासचिव ः डा. मनमूर्ति भुर्तेल,

सचिव ः इन्द्रप्रसाद भुसाल,

कोषाध्यक्ष ः सुमन रिजाल,

युवा–संयोजक ः तेजबहादुर शाह,

महिला–संयोजक ः मीना अधिकारी,

सदस्यवृन्द ः गोविन्दप्रसाद आचार्य, रोशनकुमार पोखरेल, कुलबहादुर थापा,

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) मा रुसका

बुद्धिप्रसाद तिवारी, दिगम्बरप्रसाद भट्ट ।

प्रतिनिधि–सदस्य ः गोविन्दप्रसाद गौतम ।

अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष जीबा लामिछानेले विधिवत् शपथ ग्रहण गराउनुभएपछि आईसीसीमा महिला संयोजक सपिला राजभण्डारी, कोषाध्यक्ष डा. बद्री के.सी. तथा सदस्य गोविन्दप्रसाद गौतमसमेतले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई खादा ओढाएर सत्कार गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष दीनानाथ राजभण्डारीले आप्mनो छोटो वक्तव्यमा सन् २०१५–२०१७ को कार्यकालका लागि निर्वाचित नयाँ परिषदले पहिलेका सबै क्रियाकलापलाई कायमै राखी गैरआवासीय नेपाली संघ रूसको सक्रियता र प्रतिष्ठा अझ अगाडि बढाएर लैजानेतत्परता जनाउनुभयो ।यस प्रकार मास्कोमा सातौं राष्ट्रिय अधिवेशन सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वकसम्पन्न भएको थियो ।

साँझपख नेपाल खेलकूद तथा संस्कृति समाजको संयोजनमा गैरआवासीय नेपाली संघ रूस,नेपाली छात्रसंघ, रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, नेपाली नारी निकुञ्ज, विश्वनेपाली साहित्य महासंघ रूसको समेत सहभागितामा नेपालबाट निम्त्याइएका ख्यातिप्राप्त लोकगायक विमलराज छेत्री तथा प्रसिद्ध गायिका रितु थापाबाट प्रस्तुत गरिएको सास्कृतिक कार्यक्रम निकै मनोरम थियो । यसरी नेपाली गीत र नृत्यको रमझममा रमाउँदै मास्कोवासी नेपालीहरुले आफ्नो सातौं राष्ट्रिय अधिवेशन रमाइलो वातावरणमा साझा पर्वको रूपमा मनाएका छन् ।

फोटो–सौजन्य ः मनमूर्ति भुर्तेल

दिनाङ्क ः ७ सेप्टेम्बर २०१५ (सोमवार),

मास्को, रुस महासंघ ।

प्रतिक्रिया