कनेक्टिकटमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

इनेप्लिज २०७२ भदौ २२ गते २०:४० मा प्रकाशित

DSC_0657

कनेक्टिकट

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेका नेपाली दिदीबहिनीहरु वीच तीजको शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन)ले सेप्टेम्बर ६, तारिख आर्इृतबारका दिन तीज कार्यक्रम २०७२ भव्यताका साथ सम्पन्न गर्यो ।

समाजकी ज्येष्ठ नागरिक सावित्री अधिकारी ज्यूको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष शंकर प्रसाद ढकाल ज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनिय रुपमा कनेक्टिकट बासी नेपाली नारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा ७५ वर्ष नाघेका आमाहरुलाई सम्मान गर्नुका साथै तीज सम्बन्धि विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । उपस्थित नारीहरुलाई निःशुल्क पासको व्यवस्था गरिएको थियो भने कार्यक्रमलाई स्थानिय व्यवसायी संस्थाहरुले प्रायोजन गरेका थिए ।

DSC_0772करिब २५० भन्दा बढी सदस्यहरुहरुको सहभागिता रहेको उक्त कार्यक्रमका सभापति एवंम सस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले तीजको शुभकामना दिदै उपस्थित तथा कार्यक्रमका सहयोगी सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रम संयोजक प्रमिला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । सस्थाकी सल्लाहकार वसन्ता न्यौपानेले सत्य युगमा पार्वतीले महादेव स्वामी पाँउ भनि व्रत गरेको दिनको संझनामा तीज पर्व मनाउने गरेको प्रसंग उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा ७५ वर्ष नाग्नुभएका आमाहरु क्रमशः सावित्री अधिकारी, लक्ष्मि पराजुली,पवित्रा देवि दाहाल,कृष्ण कुमारी ओझा, राधा कुवँर,चेत कुमारी घिमिरे तथा धनमाया थापालाई सम्मान गरिएको थियो । सम्मानित आमाहरुको तर्फबाट ७६ बर्षिया कृष्ण कुमारी ओझाले कार्यक्रम एकदमै राम्रो लागेको र आफु नेपालमै रहेको जस्तो लागेको प्रतिक्रिया दिनुभयो ।

DSC_0780
संस्थाका सहसचिब केशव दाहाल तथा सदस्य बिस्मिता न्यौपाने कार्यक्रम संचालक रहनुभएको सो कार्यक्रमको मुख्य आकर्षणको रुपमा तीज सम्बन्धि सास्कृतिक कार्यक्रम रहेको थियो जसमा कनेक्टिकट बासी नेपाली दिदीबहिनीहरुले तीजको पहिरहनमा सजिई अतिनै आकर्षक तीज सम्बिन्धि गीत नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमा खानेकुराको सम्पुर्ण प्रायोजन टेस्ट अफ इन्डिया वेष्ट हार्डफोर्ड, टेस्ट अफ इन्डिया विन्जर्स, हभेली इन्डिया,बलिउड ग्रिल, नमस्ते इन्डिया, बम्बई वलिभ,निक्कि डलर लगायतका व्यापारीक संस्थाले गरेका थिए भने सदस्य महेन्द्र श्रेष्ठले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो ।

IMG_1382-800x600

प्रतिक्रिया