मानब सेवा आश्रममा आश्रित आत्मराम निधन

इनेप्लिज २०७२ भदौ २२ गते १२:२९ मा प्रकाशित

भरतपुर २२ भदौं

मानब सेवा आश्रम भरतपुरमा आश्रित ८३ बर्षिय आत्मराम दाहालको आज उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको छ । एक महिना अघि नारायणगढको तरकारी बजार भित्र अलपत्र अबस्थामा भेटिएका दाहाललाई मानब सेवा आश्रमले उद्दार गरी उपचार गरेर आफनो आश्रमा राखेको थियो । काठमाडौं कालिमाटीमा घर रहेका दाहालको एक छोरा र २ छोरीहरु मृतक दाहालले बताएको आश्रमकी विनिता नेपालले जानकारी दिईन । मृतक दाहालको छोराको नाम राजाराम दाहाल रहेको समेत नेपालले बताईन ।
परिवारजनलाई सम्पर्कमा ल्याउन नसकिएकोले आज मानब सेवा आश्रमले देवघाटमा अन्त्येष्टी गरेको छ । मानव सेवा आश्रमका सरोज ज्ञावली र विनोद ढकालले दागबत्ती दिएका थिए । अन्त्येष्टी कार्यक्रममा मानव सेवा आश्रमकी ममता न्यौपाने,सरस्वती रिजाल,पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेल,गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया