मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २०:४२
वासिङटन डिसी 09:57

टोरोन्टोमा फुटबल मेला सम्पन्न

इनेप्लिज २०७२ भदौ २२ गते १२:१७ मा प्रकाशित

Untitledमाहौंल एकदमै मेलाको जस्तो देखिन्थ्यो । एकातिर सोल्टीको मम खानेहरुको ताती लागेको देखिन्थ्यो भने अर्कोतिर गोर्खा प्लेसमा सेलरोटीको स्वाद लिनेहरुको लाम देखिन्थ्यो । एकापट्पीको चउरमा दुईसमूह भिडी रहेका थिएभने अर्को पट्टीको चउरमा अर्को दुईसमूह भिडी रहेका थिए । दुवै भिडन्तेहरुको चाहना र नजर त्यहाँ सजाएर राखिएको नेपाल कपमाथि टिकी रहेको थियो । मेला भर्नेहरुको भीड रमाइलोमानी थपडी बजाउदै आफुलाई मन पर्ने समूहको हौसला बढाई रहेको देखिन्थ्यो । वातावरणनै मेलाजस्तै भएको थियो ।

धेरै परिश्रम र व्यावस्थापनका साथ आयोजना भएको नेपाल कप फुटबल प्रतियोगिताले विशाल टोरोन्टोका नेपाली समुदायलाई एउटै चउरमा भेला भेला पारी दिएको छ । विगत सात वर्षदेखि नेपाल क्यानाडा जनजाति एशोसिएसनबाट निरन्तर आयोजना हुँदै आएको एक दिवसीय नेपाल कप सकर प्रतियोगितामा यसपटक ग्रेटर टोरन्टो लगायतका विभिन्न शहर तथा अमेरिकाबाट समेत नेपाली टोलीहरु सहभागि भएका थिए ।  ६ सेप्टेम्बर शनिबारका दिन मिसिसागाको फलिङ्ग ब्रोक पार्कमा सम्पन्न  भएको एक दिवसीय फुटबल प्रतियोगितामा ‘नेपाल कप’ हात पार्न  स्कारबेरोको धारी फुटबल क्लब सफल भएको छ ।  एक हजार डलर सहित गोल्ड मेडल रहेको  नेपाल कप पुरस्कार आफैमा एउटा प्रतिष्ठित पुरस्कार बन्दै गएको छ । यस प्रतियोगितामा  न्युयोर्क अमेरिकाबाट सहभागी बनेको ‘ओरेन्ज’ फुटबल क्लब  क्यानाडाको धारी क्लबबीच बराबरी भएपछि  पेनाल्टी शुटका माध्यमबाट पाँच पाँच पटक शुट हान्दा धारीबाट पाचै गोल भएपछि अमेरिकाबाट सहभागि बनेका ओरेन्ज क्लब चार गोल बनाएर दोस्रो भएको थियो ।   न्युयोर्क टिमको तर्फबाट टिम क्याप्टेनले हानेको गोल नभएपछि  स्कारबोरोकोे धारी क्लबलार्इ बिजय हुन सहज बनाइ दिएको थियो । बडो रोचकताका साथ खेल अघि बढ्दै गएको र  ५० मिनेटको निर्धारित समयमा दुवै तर्फबाट १(१  गोल भएपछि आयोजकले पेनाल्टी   शुटका माध्यमबाट निर्णायक खेल लेखाएर निर्णय गराएको थियो ।  यस संस्करणको बेष्ट प्लेयर अवार्ड धारी क्लबका बबिलाई प्रदान गरिएको छ।

Untitledयसपटकको खेलमा स्कारबोरोको धारी क्लबलाई सेमी फाईनल र फाईनल जित्न सिधै शुट हान्ने पेनल्टीले साथ दिएको थियो । हुन त पेनल्टी खेलमा जुन समुहले जिते पनि जीत दुवैको भएको मानिन्छ भनिन्छ । तर पनि जीतको ताज लगाउने मौका भने एउटा समुहले मात्र पाउने गर्छ । यो मौका यसपटक धारी क्लबले पाएको छ । १२ समुहका बीच भएको यस सकर  खेलमा पहिलो हुनेले एक हजार डलर र रंनिंग शिल्ड  एन जे ए सी का अध्यक्ष श्री गिरि बुढाथोकीले प्रदान गर्नु भएको थियो भने दोश्रो हुने समुहलाई  शिल्ड  एन जे ए सी का  पूर्व अध्यक्ष श्री डेरेक मोक्तानले प्रदान गर्नु भएको थियो. प्रथम हुने  खेलाडीहरुलाई  स्वर्ण पदक र   दोश्रो हुने समुहलाई  कास्य पदक नेपाल कप प्रतियोगिता कार्यक्रमक  संयोजक श्री गणेश राईले प्रदान गर्नु भएको थियो. त्यस्तै सर्वश्रेस्ठ खेलाडीको पदक  कार्यक्रमक  संयोजक श्री आदि याक्थुम्बाले प्रदान गर्नु भएको थियो.

‘सकर फर युनिटी, बेटर कम्युनिटी’ नाराका साथ आयोजना हुन लागेको यस नेपाल कप प्रतियोगिताका  संयोजक आदी याक्थुम्वाले यसपटकको  नेपाल कप २०१५ लाई अहिले सम्मकै ऐतिहासिक बनाउने विचार राखेका थिए । आयोजकको यो दावी सही पनि भएको छ ।  लेबर डेसहित थपिएको यसपटक लामो विदा परेकोले धेरै दर्शकहरुको उपस्थिति रहेको थियो । क्यानाडा नेपाली जनजाति संघले आयोजना गर्दै आएको सकर प्रतियोगिताको यो  सातौ सस्करणले देखाएको दर्शक उत्सुकता र उपस्थितिले भोलीका दिनमा यो नेपाली कप फुटबल प्रतियोगिता क्यानाडामा बसोबास गर्ने नेपालीहरुका लागि आन बान र शान हुने विश्वास लिन सकिन्छ । यस्तो प्रकारको खेल संस्कृतिले भोलीका दिनमा नेपाली मूलका धेरै खेलाडी जन्माउनुका साथै क्यानाडाकै प्रतिनिधित्व गर्न सक्ने खेलाडी जन्माउने विश्वास लिन सकिन्छ ।  यो खेलमात्र नभएर क्यानडामा रहेका नेपालीहरुकाबीच भाइचाराको सम्बन्ध विस्तार गर्न, नेपाली समुदायबीचको नेटवर्कलाई बलियो र सुमधुर सम्बन्ध बनाउन, नया पुस्तालाई उत्साहित गर्न, शारिरीक फिटनेश कायम राख्नका साथै हामीहरुका बीच सम्बन्धको नवीकरण गराउनमा सहयोग बन्ने विश्वास लिइएको छ । यसपटकको खेलमा सहभागिता र जनसमुदायको उपस्थितिले भोलीका दिनमा यो अर्को हिमालयन मेलाको रुपमा स्थापित हुँदै जाने विश्वास लिन सकिन्छ  भने  यो खेल प्रतियोगिता  नेपाली समुदायको लागि गौरवको कुरा भएको छ ।

प्रतिक्रिया