डिसीमा तीज यसरी हर्सोउल्लास साथ सम्पन्न

इनेप्लिज २०७२ भदौ २२ गते १:३९ मा प्रकाशित

m 6महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ ।

स्थापना काल देखि नै चेली बेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको यस पटकको तिज ऐतिहासिक बन्न पुगेको छ l

m 10बिगत बर्ष भन्दा यस पटक निकै घुईचो लागेकोले नाच गान को लागि कार्यक्रममा राखिएका कुर्सिहरु समेत हटाउनु परेको थियो l खचाखच भिड भएकोले एकै चोटी नाचगान गर्न हम्मे हम्मे परेको हुनाले पालो गरि समुह समूहमा तीजका गीतमा नाचगानमा सहभागीता गराईएको थियो l

उक्त कार्यक्रममा बच्चा ,बृद्ध ,पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे । दिदि बहिनि तथा चेली बेटीहरुलाई मिठा मिठा खाने कुरा प्रदान गरेर दर खुवाईएको थियो l

m 9संस्थाका संरक्षक मधु पन्थीले यो चाडलाई निरन्तरता दिने जानकारी गराउदै डिसी महानगर क्षेत्रबाट संस्थाको कार्यक्रममा व्यापक सहभागिता जनाई दिएकोमा समाजलाई धन्यबाद दिएका छन् l कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने चेली बेटीले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको संस्थाको एक आफ्नै सामुदायिक भवन बनाउने तर्फ सोची रहेको बताए l

m1 m 18 m 15 m 11 m 8 m 5 m 4 m 3 m 2

प्रतिक्रिया