कनेक्टिकटमा गृष्मकालीन नेपाली भाषा कक्षा सम्पन्न

इनेप्लिज २०७२ भदौ २२ गते १:२१ मा प्रकाशित

PIC4 (1)कनेक्टिकट, सेप्टेम्बर–६
कनेक्टिकट नेपाली समाजद्घारा कनेक्टिकटमा बसोबास गर्ने स–साना बालबालीकालाई नेपाली भाषा, संस्कृति र परमपराको जानकारी दिने उद्देश्यका साथ सुरु भएको नेपाली समर स्कुल बिगत वर्षहरुमाझै यो वर्ष पनि सफल्ताका साथ यही सेप्टेम्वर ५ तारीकका दिन दिक्षान्त समारोह साहित सम्पन्न भएको छ ।
Bristow Middle School, West Hartford  मा जुन–२७ २०१५ बाट शुरुवात गरीएको यस कक्षामा तीन श्रेणी बनाएर अध्यापन गराईएको थियो । २७ जना स–साना भाइ बहिनीहरुको सहभागिता रहेको यस कार्यक्रम हरेक शनिबार सञ्चालन भएको थियो West Hartford Public School बाट यस भाषा कक्षा संचालनको स्थान निशुल्क रुपमा उपलव्ध भएको थियो । दिक्षान्त समारोहमा बोल्दै उक्त समारोहका प्रमुख अथिति तथा Tom Moore n का सुपरीटेन्डेन्ट mug]ले आफु सधै तपाईहरुसगै रहेको, यहाँ बासोबास गर्ने नेपालीहरुको भाष, संस्कृति तथा परमपरा अमेरीकनको पनि हो र अमेरीकाको भाषा, संस्कृति र परमपरा नेपालीहरुको लागि पनि हो भन्ने कुरा राख्नुभएको थियो । यसै क्रममा अर्का अतिथि प्रध्यापक डा. हरी कोइरालाले अमेरीकामा बसोवास गरेपनि आफ्नो मातृ भाषले विभिन्न तहका विद्यार्थीहरुको ज्ञानको भण्डार बृहत हुने र कुनैपनि कुराको विष्लेषण गर्न सहज बनाउने कुरा बताउनु भयो । यस समारोहमा Bristow Middle School, West Hartford Steven Cook NRN CT Chapter अध्यक्ष राम प्रसाद ओझा को समेत आतिथ्यता थियो ।
यस समारोहमा बोल्दै संयोजक राजन तिम्सिनाले सबैको सहयोगका कारण यस कार्यक्रममा सफल्ता मिलेको तथा विद्यार्थीहरुका अभिभावकलाई विषेश धन्यवाद दिनुभयो । अभिभावकहरुको तर्फवाट बोल्नुहदै श्री नवीन क्षेत्रीले नेपाली भाषा कक्षा संचालनले आफुलाई धेरै हर्षित बनाएको तथा नेकोन तथा स्कुल संचालन समितिलाई बिषेश धन्यवाद दिनुभयो । विद्यार्थीहरुको तर्फबाट बोल्दै श्री गौरव न्यौपानेले अमेरीकामा बसेरपनि नेपाली स्कुल जानु र आफ्नो नेपालीभाषा सिक्न पाउनु आफ्नोलागि ठुलो कुरा रहेको वताउनु भयो । यसै क्रममा भाषा शिक्षक तथा शिक्षिकाको तर्फबाट बोल्दै श्रीमती शैलु मल्लले स–साना भाईबहिनीहरुले आफ्नो नेपाली भाषाप्रति देखाएको चाहाना तथा आफुले यस्तो काममा अवसर पएकोमा खुशी प्रकट गर्नुभयो ।

PIC3
संस्थाका सचिब नारायण पौडेलले सन्चालन गर्नुभएको सो दिक्षान्त समारोहमा अध्यक्ष श्री संकर प्रसाद ढकालले नेपाली भाषा कक्षा संचालनमा सबैको सहयोगले आफुलाई हर्षित बनाएको तथा भविस्यमा पनि नेपाली भाषा कक्षा संचालनलाई अझ बृहत बनाउने बताउनु भयो र West Hartford Town Hall, Bristow Middle School, नेपाली स्कुल संचालन समिति, अभिभावकहरु, शिक्षक–शिक्षिकाहरु र सम्पुर्ण विद्यार्थीहरुलाई बिशेष धन्यवाद दिनुभयो ।

प्रतिक्रिया