बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २१:२८
वासिङटन डिसी 10:43

न्यूयोर्कको रिजउडमा जन्मिए कृष्ण

इनेप्लिज २०७२ भदौ २१ गते १२:३८ मा प्रकाशित

11986329_10206797670412243_1596077254204649161_n
गए मध्यरातमा न्यूयोर्कको रिजउडमा भगवान कृष्णको जन्म भएको छ । रिजउडवासीले साँझदेखि नै भजनकिर्तन गाँउदै रातको ठिक बाह्र बजेपछी धुप द्धिपका साथमा कृष्णको जन्म गराएका हुन । रिजउडमा रहेको मन्दिरमा विहानै देखी श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो भने बेलुकीको भजनकिर्तनमा विशेषगरी महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता थियो ।

11924571_10206797670492245_6571432563472572653_n

हिन्दु धर्मग्रन्थअनुसार द्धापरयुगको अन्त्यतिर भाद्र शुक्ल अष्टमीको दिन मध्यरातमा कृष्ण जन्मिएको किंवदन्ती छ । सोही अनुरुप हिन्दु धर्मावलम्वीहरुले हरेक वर्ष कृष्ण जन्माष्टमीको दिन रातको बाह्र वजेसम्म व्रत बसी(केही नखाइ) भजन किर्तन गाएर मनाउने गर्छन । बाह्र बजे कृष्णको जन्म भएपश्चात प्रसाद खाई व्रत समापन हुन्छ । कृष्णलाई भगवान विष्णुको आठौं अवतारको रुपमा लिइन्छ ।

11990528_10206797670332241_7794281121600864696_n

प्रतिक्रिया