बिर्तामोडबाट ‘बिर्ताज्योति’को प्रकाशन सुरु

इनेप्लिज २०७२ भदौ २१ गते १२:०५ मा प्रकाशित

567

बिर्तामोड, २१ भदौ । झापाको बिर्तामोडबाट ‘बिर्ताज्योति’ साप्ताहिकको प्रकाशन शुरु भएको छ ।

प्रत्येक साताको मंगलबार प्रकाशन हुने यस पत्रिकाको सम्पादक तीर्थ सिग्देल रहेका छन् । मिडिया रिसर्च सेन्टर नामक संस्था प्रकाशक रहेको पत्रिका हाल छ पृष्ठ हुने सम्पादक सिग्देलले बताए । विकासमुखी अवधारणाका साथ शुरु गरिएको पत्रिकामा खोज एवम् अनुसन्धानात्मक समाचार सामग्रीहरुलाई विशेष प्राथमिकता दिइने पत्रिकाका कार्यकारी सम्पादक लक्ष्मी काफ्लेले बताए ।

‘अलग ट्रेण्ड, फरक टेस्ट’ भन्ने उद्घोषका साथ शुरु गरिएको पत्रिकाका सम्पादक सिग्देल २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनले यसअघि न्यू मेची टाइम्स दैनिकको सम्पादक प्रकाशकको रुपमा ८ वर्षसम्म कार्य गरिसकेका छन् । हाल रेडियो विराटका प्रबन्ध निर्देशकको रुपमा रहेका उनले साप्ताहिक पत्रिकालाई विश्लेषणात्मक र अध्ययनमुखी बनाउन लागिपर्ने बताएका छन् ।

हाल झापामा एक दर्जन साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका छन् ।

प्रतिक्रिया