बहुप्रतिभाका धनी मनिपालको वेदना बजारमा

इनेप्लिज २०७२ भदौ २१ गते १२:०८ मा प्रकाशित

manipal

भदौ २१

प्रतिभाशाली गायक मनिपाल राईको स्वर, शब्द र संगीतमा रहेको गीतिसंग्रह ‘वेदना’ सार्वजनिक भएको छ । वेदना एलबमलाई पुर्वमा रेडियो सिम्रिक ९६.५ मेगाहर्ज पथरी बाट सर्वजनिक गरिएको हो ।

सांगीतिक क्षेत्रमा धेरै राम्रो सम्भावना बोकेका गायक, संगीतकार एवं गीतकारका रुपमा उदाएका पूर्वका उदएमान गाएक मनिपालले दुई दर्जनभन्दा बढी गीतमा संगीत दिइसकेका छन । दुई वटा आफ्नै एल्बम बजारमा ल्याएका राई गायनमा पनि उत्तिकै ध्यान दिने गर्छन वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका मनिपाल सगीत साधनामा विदेशमा रहँदा पनि निरन्तर रुपमा लागीरहेको बताउदछन ।

मलेसियामा नै रहेको रकेर्डिङ स्टुडियोहरुमा उनले गीत रेकर्ड गराई सकेका छन र मलेसियामा आयोजित बिभिन्न स्टेज कार्यक्रहरुमा पनि आफुलाई प्रस्तुत गरिसकेका राई पुन वैदेशिक रोजगारीको सिलसीलामा मलेशिया तर्फ नै प्रस्थान गरेका छन । पछिल्लो समय मलेसियाबाट

नेपाल फर्कने वित्तिकै उनले दुई वटा एल्बमको काम सम्पन्न गरिसकेका छन । मलेसियामै रहेका गायक अमर राईको एल्बम इमोर्टलमा संगीत भर्दै आफ्नै स्वर, शब्द र संगीतमा रहेको एल्बम वेदनालाई समेत सार्वजनिक गरे ।

भोजपुर जरायोटार – ७ मा बि.स.२०४६ बैशाख ७ गते आमा टंक माया राई र बुबा हर्क बहादुर राइको कोखबाट माइलो छोराको रुपमा जन्मनु भएका राई वैदेशिक रोजगारीको सिलसीलामा करिव आठ वर्ष अघि मलेसियातिर हानिनु भएको थियो ।

नेपालमा रहदा राईले पहिलो पटक प्रेम सागर नेपालको स्वर अनि सगितमा रहेको गीती एल्वम मयालुमा आफ्ना शव्दहरुको सृजनालाई अटाउदै नेपाली सांगीतीक अकाशमा पहिलो पटक पाइला टेक्नु भएको हो ।

आधुनिक गीतहरुको संग्रहका रुपमा राइले अहिले बजारमा ‘वेदना’ एल्वम लिएर आएका छन । वेदनालाई शुभकामना मिडिया सोलुसन प्रा.लि.पुतलीसडक काठमान्डौले बजार प्रबद्र्धन गरेको हो ।

वेदनमा तिम्रो यादमा, छुटायो साथ, हामी नेपाली, ओइ मैया, मेरो माया, जिन्दगीमा, दुखिरहन्छ जस्ता गीतहरु समावेश गरिएका छन । जसमा मनिपाल राईले छुटायो साथ, हामी नेपाली, ओइ मैया, मेरो माया, जिन्दगीमा जस्ता गीतको शब्द लेखेका छन भने दुखिरहन्छ र तिम्रो यादमा गीतमा आर्दणीय दाजु दिक्पाल राईको शब्दलाई समावेश गरेका छन । त्यस्तै तिम्रो यादमा, हामी नेपालीमा मनिपालको संगीत र स्वर रहेको छ भने ओइ मैयामा संगीत मात्र भरेका छन । छुटायो साथ, मेरो माया, जिन्दगीमा, दुखिरहन्छमा भने सुमन राईको संगीत रहेको छ । दुखिरहन्छ बोलको गीतमा भने सुनिता पन्तको स्वरलाई समावेश गरिएको छ ।

प्रतिक्रिया