एनआरएनए घानाको साधारण सभा द्वारा अध्यक्ष पदमा मिन बहादुर मगर निर्वाचित

इनेप्लिज २०७२ भदौ २१ गते ११:२६ मा प्रकाशित

NRN Ghana Executive membersघानाको राजधानी आकरामा एनआरएनए घानाको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ | उक्त सभाले मिन बहादुर मगरको अध्यक्षमा सन् २०१५ -२०१७ का लागि नया कार्य समिति गठन गरेको छ | जसमा पदम राना उपाध्यक्ष ,बैकुण्ठ पौडेल महासचिब , दान बहादुर तामांग सचिब तथा कपिल खराल कोषाध्यक्ष चयन हुनु भएको छ | त्यसै गरि प्रियाम्बदा जोशी महिला संयोजक , जगन नाथ पाठक युबा संयोजक र सदस्यहरुमा कृष्ण ठकुरी , गगन थापा ,रोशन श्रेष्ठ तथा होम बहादुर बुढामगर निर्बाचित हुनु भएको छ |

साधारण सभाले घानाबाट आइसीसी सदस्यमा निबर्तमान अध्यक्ष डा हरिकृष्ण बाँस्कोटालाई पठाउने निर्णय गरेको छ | सभाले अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले आइसीसी कोषाध्यक्ष पदमा दिनु भएको उम्मेदवारीलाई समर्थन गर्दै आबश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ |

सभाले गत बर्षको प्रगति बिबरण र आर्थिक विवरणलाई स्वीकृति गर्दै नया कार्यकालका लागि योजना र बजेट समेत तर्जुमा गरेको छ |

प्रतिक्रिया