‘नासा-आन्माको संयुक्त सम्मेलन सम्पन्न, नासाको अध्यक्षमा बिमल नेपाल निर्वाचित’

इनेप्लिज २०७२ भदौ २१ गते १०:४९ मा प्रकाशित

 

 

DSC09872

नेपाली अमेरिकनको सामाजिकीकरणको क्षेत्रमा लामो समय देखि क्रियाशील रहँदै आएको सामाजिक संगठन नेपलिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा) को आगामी २०१५ -१७ कार्यकालको लागि भएको निर्वाचनमा बिमल नेपाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । आइतबार अबेर राति प्राप्त मत परिणाम अनुसार अध्यक्ष प्रत्यासी नेपालले अर्का अध्यक्ष प्रत्यासी माधब ढकाललाई पराजित गरेका हुन् । नर्थ क्यारोलिनामा आयोजित सम्मेलनको दोस्रो दिन आइतबार सम्पन्न निर्वाचनमा बिमल नेपाल समूहबाट निर्वाचन लडेका सम्पूर्ण पदाधिकारी निर्वाचित भएका छन ।

DSC09866 यसैसाथ् एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा)को सम्मेलन समेत आजै सम्पन्न भएको छ । सम्मेलन स्थल नर्थ क्यारोलिनाबाट प्राप्त खबर अनुसार संयुक्त सम्मेलनको दोस्रो दिन भएको निर्वाचनमा नासाको नेतृत्वका लागि सबै पदमा ढकाल र नेपाल समूहबीच कडा प्रतिस्पर्धा भएको थियो । नर्थ क्यारोलिनामा शुक्रबार सुरु भएको संयुक्त सम्मेलनको क्रममा आईतबार सम्पन निर्वाचनले नासाको आगामी कार्यकालका लागि अध्यक्ष पदमा बिमल नेपाललाई निर्वाचित गरेको छ भने कार्यकारी उपाध्यक्षमा शैलेन्द्र बज्राचार्य, उपाध्यक्षमा तारा पुन, महासचिवमा शिव विष्ट, सहसचिव पदमा कृष्ण श्रेष्ठ, कोषाध्यक्षमा पशुपति न्यौपाने निर्वाचित भएका छन् ।

DSC09871निर्वाचन परिणाम अनुसार सहसचिब र एक सदस्य पदमा बिमल नेपाल समूह निर्वाचित भएको थियो बाँकि १३ जना नेपाल समूहबाट निर्वाचन लडेकाहरु निर्वाचित भएका छन् । नासा-आन्माको संयुक्त सम्मेलन आजै नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सम्मेलनमा नेपाली गायक गायिकाहरु आस्था राउत, रामकृष्ण ढकाल, अरुण कार्की, न्युह बज्राचार्य, शम्भुजित बास्कोटा, सत्यराज आचार्य, स्वरुपराज आचार्य, र नायिका केकी अधिकारी लागयतका कलाकारहरुले गित संगीत र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

DSC09873सम्मेलनमा संचारकर्मी शैलेश श्रेष्ठले नेपाल आदिवाशी जनजाती महासंघ अमेरिकाको आयोजनामा मातृभूमि नेपालको संबिधान निर्माण प्रक्रियामा चासोको बिषय बनेको धर्म निरेपेक्षता बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने उनको कार्यपत्र माथि भएको छलफलमा अर्का संचारकर्मी प्रदिप भट्टराईले टिप्पणी गरेका थिए ।

 

 

DSC09852

प्रतिक्रिया