सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:०६
वासिङटन डिसी 20:21

डुङ्गा दुर्घटनामा १० जनाको मृत्यु ८ बेपत्ता भएको आशङ्का

इनेप्लिज २०७२ भदौ २० गते १५:०६ मा प्रकाशित

south-korea-mapसोल (दक्षिण कोरिया), २० भदौ । दक्षिण कोरियाको दक्षिणी सामुद्रिक तटमा भएको एक डुङ्गा दुर्घटनामा १० जनाको मृत्यु भएको आइतबार यहाँका अधिकारीले जनाएका छन् ।

माछा मार्न सामुद्रिक यात्रामा हिँडेका दक्षिण कोरियाली नागरिकमध्ये ८ जना बेपत्ता भएको समेत जनाइएको छ ।
दुर्घटनाबाट समुद्रमा फसेका ३ जना अन्यको घटनास्थलबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको तटीय सुरक्षा अधिकारीले आफ्नो नाम नबताउने सर्तमा बताए ।
दुर्घटनास्थल वरिपरी दर्जनौँ डुङ्गाद्वारा हराएका यात्रुलाई जीवितै उद्धार गर्ने आसामा खोजी कार्य भइरहेको छ ।
डल्फिन नामक ९.८ टन वजन भएको डुङ्गाको अर्को डुङ्गासँग शनिबार सञ्चार टुटेपछि खोजी सुरु भएको थियो ।
आइतबार बिहान उक्त डुङ्गालाई जेजुटापु नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटाएको उद्धारकार्यमा संलग्न अधिकारीले जनाएका छन् ।
दुर्घटनाबाट बाँच्न सफल माछा पालन क्षेत्रमा लगाइएका जालीले डुङ्गालाई अल्झाएपछि यसले नियन्त्रण गुमाएको र समुद्रमा पल्टिएको बताए ।
तर सरकारी अधिकारीले भने दुर्घटनाको कारण अझै थाहा हुन नसकेको बताए ।

प्रतिक्रिया