बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १५:४५
वासिङटन डिसी 05:00

लस एन्जल्सको श्रीपशुपतिनाथ मन्दिरमा गृह प्रवेश पूजा सम्पन्न

इनेप्लिज २०७२ भदौ २० गते ११:३१ मा प्रकाशित

p1एक मिलियन डलर भन्दा बढी रकममा खरिद गरिएको भवनको आज विधिवत रूपमा श्रीपशुपतिनाथ फाउनडेशन युएसएले वास्तुदेवको पूजा गर्दै गृह प्रवेशको विधि सम्पन्न गरी मन्दिर खुल्ला गरेको छ । विगतमा गर्ने भनिएको गृह प्रवेश पूजा नेपालमा वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कारणले स्थगित गरिएको थियो । मन्दिरमा वास्तु शास्त्र भन्नाले प्राचीन विज्ञान हो यसमा आकाश, पृथ्वी, जल, अग्नि र वायु पर्दछ । जब हामीले नयाँ घरमा प्रवेश गर्नु अगावै पाँच वास्तुको शान्तिको लागि पूजा कार्य गरिन्छ । हामीले बनाएको वा किनेको घरमा कुनै दोष छ भने सो लाई हटाउनको लागि वास्तु देवको पूजा गरी शान्त गराएर मात्र गृह प्रवेश गर्ने परम्परा अनुसार श्रीपशुपतिनाथको मन्दिरमा आज वास्तु देवको पूजा गरियो ।

s1स्थानीय ब्रामणहरु विष्णु पौडेल, चक्रपाणि मिश्र, चन्द्र प्रसाद पन्त, इश्वरी भट्टराई, केदारनाथ पौडेल, मेघराज शर्मा, नारायण पन्त, पुरुषोतम सापकोटा, शान्ता पाठक, शिताराम कट्टेल, ठाकुर आचार्य समेत एघार जना ब्रामणहरुद्वारा वास्तुको पूजा र हवन गर्ने कार्य गरिएको थियो । वास्तु देवको पूजा पश्चात मन्दिरको प्रांगणमा सामूहिक रूपमा हवन र मन्दिरको परिशरमा आरति गरी पूजा विधिको समापन गरियो । आज श्रीकृष्णजन्मास्टमीको दिन गृह प्रवेशको पूजा समापन पश्चात श्रीकृष्णजन्मास्टमी र साँझ सत्संगको कार्यक्रम औपचारिक रूपमा मनाइएको छ ।

गृह प्रवेश पूजाको कार्यक्रममा श्रीपशुपतिनाथ फाउनडेशन युएसएका पदाधिकारीहरू तथा स्थानीय भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । लामो समयको प्रतीक्षा पश्चात साउदर्न क्यालिफोर्नियामा बस्ने नेपालीहरूले आफ्नो मन्दिरमा नै विधिवत रूपमा धार्मिक कार्य गर्न पाउदा सारै खुसी देखिन्थे ।

u2 s21 s13 s8 u4

 

p2

फोटो: संगीता शिवाकोटी, प्रेम गुरागाईं, उपेन्द्र सापकोटा र अग्नि चौलागाईं

प्रतिक्रिया