एक पोका आयोडिन नुनको ६० रुपैयाँ

इनेप्लिज २०७२ भदौ २० गते ४:२६ मा प्रकाशित

ayo-nunमुस्ताङ, २० भदौ । एक पोका आयोडिन नुनको मूल्य कति पर्छ होला ? १०, २० वा ३० रुपैयाँ तर हिमाली जिल्ला मुस्ताङको उपल्लो क्षेत्रका सर्वसाधारणले भने रु ६० केजीमा आयोडिन खरिद गर्नुपर्ने बाध्यता छ ।

करिब तेब्बर मूल्य परे पनि लोमान्थाङ, छोसेर, छोन्हुप, घमी र चर्राङ गाविसका बासिन्दाले पर्याप्त मात्रामा आयोडिन नुन खान पाउँदैनन् । त्यसको विकल्पमा उनीहरुले चीन सरकारले उपलब्ध गराउने ढिके नुनले जीविका चलाउँदै आएका छन् ।

ती गाविसमा भौगोलिक विकटता, यातायातको सहज अव्यवस्था र साल्ड टे«डिङले उचित ध्यान नपु¥याउँदा जोमसोमबाट पोकामा पाइने आयोडिन नुन पु¥याउन सकिएको छैन । स्थानीय केही व्यापारीले मुस्किलले पु¥याए पनि प्रतिपोका रु ६० भन्दा बढी पर्ने चर्राङकी पेमा खान्डोले बताउनुभयो । “यहाँका सर्वसाधारणले ६० तिरेर पनि आयोडिन नुन खान पाएका छैनन्”– उहाँले भन्नुभयो ।

“चाइनाबाट यस क्षेत्रमा निःशुल्क ढिके नुन आउँछ, त्यसैले पनि यहाँका सर्वसाधारणले आयोडिन नुनमा ध्यान नदिएका हुन्”, उहाँले भन्नुभयो– “आयोडिन नुन देख्दासमेत अनौठो मान्छन् ।” वर्षको दुई पटक उपल्लो मुस्ताङी र चिनियाँ व्यापारीले आयोजना गर्ने व्यापार मेलामा चीन सरकारले सीमा आसपासका छ गाविसलाई प्रतिघर आठ पाथीका दरले निःशुल्क ढिकेनुन वितरण गर्छ । लोमान्थाङका इन्द्रधारा विष्टका अनुसार केही होटलमा आयोडिन नुन प्रयोग गरिए पनि त्यो एकदमै कम छ ।

प्रतिक्रिया