लोमान्थाङ उपत्यकामा चौबिसै घन्टा बिजुली

इनेप्लिज २०७२ भदौ १९ गते ४:२७ मा प्रकाशित

1422869394_rishnaमुस्ताङ, १९ भदौ । मुस्ताङको लोमान्थाङ उपत्यकामा २४ सै घन्टा बिजुली बल्न थालिएको छ । चीन सरकारले अनुदानमा ७० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेपछि करिब एक सय ९० घरधुरी रहेको लोमान्थाङ उपत्यकाका स्थानीयवासीले २४ सै घन्टा बिजुली बाल्न थालेका हुन् ।

यसअघि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको २९ किलोवाटको साना लघुजलविद्युत्बाट उनीहरुले दैनिकी चलाउँदै आएका थिए । बेलुकी ६ देखि १० बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली उपभोग गर्दै आएका स्थानीयवासी २४ सै घन्टा उज्यालो पाएपछि हर्षित भएको गाविस सचिव ज्ञानेन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चीनसँग सीमा जोडिएका जिल्लामा आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत उक्त सोलार प्यानल जडान गरिएका हुन् ।

सोलार र खोलाबाट उत्पादित विद्युत्लाई एउटै प्रणालीमा जोडेर बिजुली वितरण गरिँदै आएको छ । अहिले केही घरमा अझै वाइरिङ गर्ने काम बाँकी रहेकाले केही दिनमा उद्घाटनको तयारीमा रहेको जानकारी सीमा प्रशासन कार्यालय मुस्ताङका प्रमुख कृष्णप्रसाद ढकालले दिनुभयो ।

प्रतिक्रिया