भड्किलो तस्बिर खिच्दा पनि मन बहकिदैन : ख्याती प्राप्त छायाचित्र पत्रकार राजिव श्रेष्ठ

इनेप्लिज २०७२ भदौ १९ गते २:२६ मा प्रकाशित

rajiv 1नेपालका ख्याति प्राप्त छाया चित्र (फोटो )पत्रकार हाल अमेरिकामा छन् l उनि नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको लागि निम्ता पाएर आएका हुन् l मिस नेपाल युएस प्रतियोगिताका उनि आधिकारिक छायाचित्र पत्रकार तथा फोटो जेनिक (प्रकाशजनक)मा निर्णायक रहेका थिए lउनले नेपाल अमेरिका सुन्दरी प्रतियोगिताको काम फत्ते गरि सकेका छन् l उनलाई दिईएको जिम्मेबार पुरा गरेकोमा दंग छन् l हाल घुमघाममा व्यस्त छन् l

सबैको सपनाको संसार अमेरिकाबाट आफु पनि लोभिएको बताए l न्युयोर्क घुमे पछि मक्ख छन् l न्युजर्सीमा आयोजना भएको ईन्जिनियर्स(अभियन्ता)हरुको सम्मेलनमा श्रेष्ठ संग छोटो भाला कुसारीमा उनले आफ्नो दाई भारत मुम्बई बलिवुडका ख्याती प्राप्त (फोटो )पत्रकार राकेश श्रेष्ठ भएको बताए l

आफुले दाई संग सिकेको र म पनि त्यहि बस्न सक्थे l तर मुम्बई छोडेर नेपालमा केहि गरेर देखाउछु भनेर फर्केको बताए l  चलचित्र क्षेत्रमा फोटो पत्रकारिताको अहम भूमिका भएकोले मुम्बईमा ५ बर्षको तालिम लिएर नेपाल फर्केर अहिले पनि निरन्तर काम गर्दैछु भने l ३ दशक देखि यस क्षेत्रमा कदम चालेको बताए l

अमेरिकामा चौबिसै घण्टा बिजुली हुन्छ तर नेपालमा १८ घण्टा सम्म बिजुली नहुदा कसरि काम गर्नु हुन्छ भन्ने जिज्ञासामा श्रेष्ठ भन्छन हाम्रो पेसालाई निकै गाह्रो छ l पेसालाई चाहिने सबै चिज अतिरिक्त राख्नु पर्छ भन्दै आफुले कमाएको पैसा यस्तै कुरामा लगानी गर्नु पर्ने बताए l

अहिले आफ्नो पेसा बाट जीवन गुजार्न गार्हो रहेको बताए l कुराकानी गर्ने क्रममा अमेरिकाको पहिलो भ्रमण हो भन्दै आफु सिंगापुर ,हंगकंग ,दुबई देश घुमेको बताएता पनि अमेरिकाले मन छुएको छ श्रेष्ठले भने l

अमेरिकामा धुलो र धुवा छैन भन्दै गगन चुम्बी घरहरु भर्खर बनाएको जस्तो आफुलाई लागेको बताए l विश्व कै सम्राट राज्य न्यु योर्कको म्यान ह्याटनको रात्री जीवन घुम्दा निकै राम्रो लागेको बताए l नेपालमा कहिँ नभए पनि दरबार मार्गमा यस्तो भए पर्यटक आउने थिए भन्ने लागेको बताए l

rajiv 2छोरा के बनोस भन्ने चाहना राख्नु हुन्छ भनि जिज्ञासा राख्दा राजिवले भने आफु यो क्षेत्रमा लागेकोले मेरो छोराले पनि मेरो बिडो थामी दियोस भन्ने रहेको बताए l तर सन्तानले मान्लान या नमान्लान त्यो अर्को कुरा हो भने l

चलचित्र क्षेत्र अलिक ग्लामर(मोहकता ) हुन्छ l सबै प्रकारको तस्बिर खिच्नु पर्ने पनि हुन्छ l एक छाया चित्र पत्रकार भएकोले कस्तो अनुभूति गन्रु हुन्छ भन्ने जिज्ञासा राजिवले भने म एउटा ब्यबसायिक फोटो पत्रकार हु भने l

मेरो काम तस्बिर खिच्ने हो l छायाचित्र कैद क्यामारामा गर्नु पर्छ l उनले निर्धक्क साथ भने आफुले तीजमा फरिया लगाएको देखि निर्वस्त्र पनि खिचेको छु l त्यो बेलामा खिच्नेलाईलाई रमाइलो भने कदापी नसोच्नु होला राजिवले बताए l त्यो मेरो पेसा हो l त्यो खिच्न निकै अप्ठ्यारो हुन्छ l कुनै प्रकारको कुनै नकारात्मक भावना आउदैन l मन बहकिदैन किनभने मेरो कलाकारिता त्यहाँ झल्किन्छ l

केहि समय बिभिन्न राज्यहरुको भ्रमण गर्ने सोच रहेको बताउदै अमेरिकामा निकै सुबिधा देख्न र प्रत्यक्ष हेर्न पाएकोमा खुशी लागेको बताए l

प्रतिक्रिया