टेक्सासका घरबाहर बिहिन तथा सडक बाल बालिकालाई एचडीएनपी इन्टरनेसनल द्वारा खाद्य सामग्री वितरण

इनेप्लिज २०७२ भदौ १९ गते ०:३० मा प्रकाशित

3अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको डालसमा असहाय घरबार बिहिन तथा सडक बालबालिकालाई बिभिन्न खाद्य सामग्री वितरण गरेको छ l

उक्त कार्यक्रममा एचडीएनपी इन्टरनेसनल तथा टेक्सास डालस शहरको युथ वोर्ल्ड डालस नामक गैर मुनाफा संस्थाको सयुक्त पहलमा झन्डै १ सय भन्दा ज्यादा बाल बालिकालाई मिठाई ,आहार तथा अन्य खाद्य सामग्री वितरण गर्यो l

बालबालिकाका लागि खाद्य सामग्री ,मिठाई तथा अन्य खाने कुरा नेपाली समाज टेक्सासले उपलब्ध गराएकोमा एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले धन्यबाद दिएका छन् l

1स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको संस्थाले खान खुवाउदा कम्तिमा १ हजार ५ सय डलर खर्च लाग्ने भएकोले अर्थ सहयोग गर्न चाहना राख्ने दानबिरहरुको लागि द्वार खुला राखिएको बताएको छ l

खाना खुवाउने अतिरिक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ l हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l

यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई सहयोग गरिदै आएको संस्थाले बताएको छ lहेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l

2

प्रतिक्रिया