कन्डमको विज्ञापनमा आलोचना गरेपछि नेतालाई सन्नी लियोनको कडा जवाफ

इनेप्लिज २०७२ भदौ १८ गते १५:३३ मा प्रकाशित

kamal-thapa1मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनले आफ्नो कण्डमको विज्ञापनलाई लिएर नेताहरुले गरेको राजनीति प्रति ट्विटरबाट प्रहार गरेकी छिन् । ट्वीट गर्दै उनले भनेकी छिन्यो- कुरामा दुःख लागेको छ कि सत्तामा बसिरहेका मान्छेहरु गरिब र आम नागरिकको मद्दत गर्नुको सट्टा ममाथि आफ्नो समय र शक्ति लगाइरहेका छन् । विहीबार यूपीको गाजीपुरमा भएको एक र्यालीमा सीपीआईका सीनियर नेता अतुल अंजानले सन्नी लियोनीको कन्डम सम्बन्धी विज्ञापनलाई विवादित भाषण गरेका थिए । अतुल अञ्जानले भाषण गर्दै भनेका थिए की कन्डम जस्तो विज्ञापन यदि टेलिभिजन, पत्रपत्रिकामा देखियो भने देशमा बलात्कारका घटना बढ्नेछन् । अतुलको यस्तो भनाई आएलगत्तै सत्तारुढ भारतीय जनता पार्टीका सांसद तथा गायक मनोज तिवारीले पनि सन्नी लियोनीविरुद्ध विवादित भाषणा गरेका छन् । भोजपुरी सिंगर मनोज तिवारीले सार्वजनिक रुपमै सीपीआई नेता अंतुल अंजानको कुरामा सहमति जनाउँदै विवादित भाषण बोलेका थिए । नेताहरुको यस्तो भनाईपछि सन्नी लियोनीले आक्रोशित हुँदै ट्विटरबाट जवाफ लिएकी हुन् ।

प्रतिक्रिया