बुधबार, मंसिर १० २०७७
काठमाडौं २३:०८
वासिङटन डिसी 12:23

अजरबैजानमा ७ रिक्टर स्केलको भूकम्प

इनेप्लिज २०७२ भदौ १८ गते १५:१२ मा प्रकाशित

ajarbaijan-76x78बाकु (अजरबैजान), १८ भदौ । अजरबैजानको दक्षिणपश्चिमी भागमा शुक्रबार बिहान ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ ।   यस भूकम्पबाट हालसम्म मानवीय हताहत र क्षतिको कुनै विवरण भने प्राप्त नभएको जनाइएको छ ।  सो भूकम्प स्थानीय समायाअनुसार शुक्रबार बिहान ९ः४५ गएको बताइएको छ । सो भूकम्पबाट राजधानी बाकूबाट ३२५ किलोमिटर टाढा रहेको सिकी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।   यस भूकम्पको केन्द्रविन्दु सिकी सहरबाट २९ किलोमिटर टाढा १३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।   सो भूकम्पको कम्पन देशको दोस्रो ठूलो सहर गन्जामा समेत महसुश गरिएको जनाइएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया