यस्तो छ सभामुख नेम्वाङको निर्देशन
काठमाडौँ, १७ भदौ । सभामुख सुवासचन्द्र नेम्वाङले पछिल्लो समय वीरगन्जलगायत मुलुकका विभिन्न स्थानमा भएका घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै संसद्को आगामी बैठकमा यसबारे जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।
मुलुकका विभिन्न भागमा विरोध प्रदर्शनका क्रममा सरकारले दमन गरिरहेको, समस्या समाधान गर्न सरकारले ध्यान नदिएको लगायतका विषयमा सभासद्हरुले कुरा उठाएपछि सभामुख नेम्वाङले गृहमन्त्रीलाई उक्त निर्देशन दिनुभएको हो ।
उहाँले तराईका विभिन्न भागमा जमिन सुक्खा भएर बाँझो रहेको र हज कमिटीको भत्ताबारे पनि पटकपटक संसद्मा कुरा उठेकाले ती विषयमा पनि संसद्को अर्को बैठकमा जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभयो ।
सभामुख नेम्वाङले संसद्को हरेक बैठकमा सभासद्ले उठाउने महत्वपूर्ण विषयको तत्काल सम्बोधन गरिनुपर्ने भएकाले संसद्को हरेक बैठकमा सरकारका मन्त्रीहरु उपस्थित हुनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया