सोमबार, मंसिर १५ २०७७
काठमाडौं १४:११
वासिङटन डिसी 03:26

राजनीतिक दल र निजामती कर्मचारीबीच मैत्रीपूर्ण फुटबल

इनेप्लिज २०७२ भदौ १७ गते ३:११ मा प्रकाशित

footballजुम्ला, १७ भदौ । कर्णालीकै लामो जात्राको अवसर पारी यहाँ सुरु भएको जुम्लास्थित राजनीतिक दल र निजामती कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली सेनाको टँुडिखेल मैदानमा भएको प्रतियोगिताको २३ मिनेटपछि नं २४ कर्णालीबाहिनी अड्डाका निमित्त बाहिनीपति विजय थापाले गोल हानेर अग्रता दिलाउनुभएको थियो भने खेलको ३७औँ मिनेटपछि निजामती कर्मचारीतर्फबाट खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाका नायब सुब्बा हेमन्त चुनाराले अर्को गोल हानेर टोलीलाई अग्रता दिलाउनुभएको थियो ।

यता राजनीतिक दलका तर्फबाट पहिलो गोल खेलको ५३औँ मिनेटमा ताराजुन शाही र दोस्रो गोल रोशन श्रेष्ठले मध्यान्तरपछिको २७औँ मिनेटपछि हानेर टोलीलाई बराबरीमा लिनुभएको थियो । सो टोलीमा राजनीतिक दलको नेतृत्व पूर्व वन राज्यमन्त्री भक्तबहादुर रोकायाले गर्नुभएको थियो भने निजामती कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले गर्नुभएको थियो ।

दल र कर्मचारीबीच आपसी सद्भाव आदानप्रदान गरी जिल्लाको सर्वाङ्गीण विकासमा सकारात्मक सोच ल्याउन प्रतियोगिताको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया