विश्व कीर्तिमानी रोहित तिमिल्सिना ८ औ बिश्व किर्तिमानको तयारीमा

इनेप्लिज २०७२ भदौ १७ गते ०:४० मा प्रकाशित

IMG_5387

७ पटक विश्व किर्तिमान गरेका विश्व किर्तिमानधारी रोहित तिमिल्सिना ८ औ पटक विश्व किर्तिमान गर्ने तयारीमा छन् l र त्यसको लागि गृह कार्य गर्दै गरेको बताए l

के मा ईतिहास रच्ने हो भन्ने जिज्ञासामा अहिले नै बेला नभएकोले सहि समयमा जानकारी गराउने उनले बताए l न्युयोर्कमा बसोबास गर्ने तिमिल्सिना कामको अतिरिक्त नेपालको गैर मुनाफा सामाजिक सस्था मदर जोय फाउन्डेसन(एनजीओ )मा संलग्न छन् l

उनले अगाडी भने आफुले पहिले देखि नै विश्व किर्तिमान कायम गर्ने तर्फ लागे पनि सामाजिक सेवामा पनि उत्तिकै संलग्न छु तिमिल्सनाले भने l

मदर जोय फाउन्डेसन(एनजीओ)को तर्फ बाट न्युयोर्कको सयुक्त राष्ट्र संघको कार्यलयले आयोजना गरेको ३ दिने बैठकमा विश्वका ३ सय जना प्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा संस्थाको तर्फबाट आफुले प्रतिनिधित्व गरि सहभागी हुन् पाउदा ज्यादै गौरान्वित भएको बताए l

उक्त बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशेष व्यक्तित्वहरु ,प्रतिष्ठान तथा गैर मुनाफा संस्थाका प्रतिनिधि संग नेपालमा ध्वस्त भएका बिद्यालयका बारेमा निर्माण गरि दिन आग्रह गरेको र संस्थाको तर्फबाट लिखित प्रस्ताब पेस गरेको बताए l

नेपालको बिद्यालय बनाउन अन्य संग कुराकानी भै रहेको र आफु सकारात्मक भएको तिमिल्सिनाले बताए l उनले भने मेरो काम किर्तिमान तोड्ने संगै समाज सेवा गर्ने भएकोले नेपालमा भूकम्पले धवस्त बनाएको बिद्यालय बनाउने पहल गरि रहेको बताए l

मदर जोय फाउन्डेसनले भूकम्प पिडित बिद्यालयमा शैक्षिक सामाग्री तथा अन्य स्थानमा भूकम्प पिडितलाई खाधन्य पनि बाडेको बताए l बिश्व कीर्तिमानी तिमिल्सिना भन्छन नेपालका गैर मुनाफा संस्था ,अमेरिकाका गैर मुनाफा संस्था ,न्युजील्याण्डको गैर मुनाफा संस्था , पशुपतिनाथमा खाना तथा काठमाडौँको क्लबलाई पनि सहयोग गरेको बताए l

IMG_5377र उनले भने आफुलाई अन्य अभिभावकहरुले नेपालमा पढाएको चर्चा गर्दै यसरि अमेरिका आएको खुलाशा गरे l आफुले यसरि शिक्षा पाएकोले समाज सेवामा पनि शिक्षा कै तर्फ आफु लागेको बताए l

नेपालको पहिचान गराउन आफुले बिभिन्न विश्व किर्तिमान बिगतमा तोडेको बताए l र ८ औ बिश्व किर्तिमान तोड्न आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l

उनले यस अगाडी पहिलो ,२००८ मा टेनिस बल २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए ,दोश्रो ,बिश्वको सबै भन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक )३३ घण्टा ३ मिनेट थियो भने त्यो उनि र उनका भाइ सन्तोष तिमिल्सिनाले किर्तिमान कायम गरेका थिए l तेश्रो २४ वटा गल्फ बल २०११ मा १० सेकन्ड सम्म एक हातमा राखेर बिश्व किर्तिमान कायम गरेका थिए l यसरि ७ पटक उनले विश्व किर्तिमान कायम गरि सकेका छन् भने अब निकट भबिष्यमा ८ औ किर्तिमान कायम गर्ने भएका छन् l

प्रतिक्रिया