सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०७:१८
वासिङटन डिसी 20:33

एनआरएन नेतृत्वको लडाई: ‘अन्यौलग्रस्त शेष घलेको निरन्तरताकी!,पन्तको तालुमा अध्यक्ष पदको आलु’

इनेप्लिज २०७२ भदौ १६ गते १७:४४ मा प्रकाशित

१६ भदौ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी २०१५-१७ दुई बर्षे कार्यकालका लागि टेक्सास, अमेरिका निवासी संघका पूर्व महासचिव रतन झा पछि कतारका ब्याबसायी एवं संघका उपाध्यक्ष टीबी कार्कीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरे लगत्तै संघको आगामी नेतृत्वलाई लिएर गैर आवासीय नेपालीहरु बीच अनुमान र बहस सुरु भएको छ । यस अघि संघका अध्यक्ष धनाढ्य शेष घलेले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने अपेक्षा गरिए पनि आफुलाई ठुलो मूल्य चुकाएर अध्यक्ष पदमा निर्वाचित गराउने संघका पूर्व अध्यक्ष जिबा लामिछाने र संघका महासचिब कुमार पन्तले हरियो बत्ती नबालेका कारण उनले यति बेला सम्म आफ्नो उमेद्वारी घोषणा गर्न सकेका छैनन् । उता संघका उपाध्यक्ष टीबी कार्कीले सोमबार साँझ कतारको राजधानी दोहामा नेपाली समुदाय र समुदाय केन्द्रित संघ-संस्थाको प्रतिनिधिहरु साक्षी राखी आफ्नो उम्मेदबारी घोषणा गरेका छन् । स्मरण रहोस संघका अध्यक्ष शेष घलेले अर्को कार्यकालका लागि आफ्नो उम्मेदवारीको घोषणा गर्ने अभियान अन्तर्गत यूरोप र खाडीको भ्रमण गरेका थिए तर त्यस क्षेत्रमा उनको पक्षमा अपेक्षा अनुरुप जन समर्थन नदेखिए पछि आगामी कार्यकालका लागि उम्मेदवारी दिने वा सम्मानजनक बहिर्गमनको बाटो अख्तियार गर्ने यतिबेला घले अन्योलमा परेका छन् । यद्यपि घलेका समर्थकहरु उनलाई दोस्रो कार्यकालका लागि उम्मेदबार बन्न जोड गरिरहेका छन् । घलेसंगै खाडी र युरोप भ्रमण गरेर फर्किएका अध्यक्ष प्रत्यासी रतन झा घलेको अन्योल देखेर थप उत्साहित बनेका छन् । तर संघको आन्तरिक संरचना र विश्वव्यापी संजाललाई जान्ने जानिफकारहरुका अनुसार अन्त्यमा आफ्नो समर्थनमा जापान निवासी संघका उपाध्यक्ष भबन भट्टलाई अध्यक्ष पदमा अघि सारेर घलेले सम्मानजनक बहिर्गमनको बाटो रोज्ने छन् । यता संघका कि मेकर खेलाडीका रुपमा परिचित संघका पूर्व अध्यक्ष जिबा लामिछाने मौन बसेर घलेको रणनीतिको जवाफ दिन मैदानमा देखिएका भन्दा फरक अनुहार संघका प्रभावशाली महासचिव कुमार पन्तलाई अध्यक्षमा अघि सार्ने उपयुक्त मौकाको खोजीमा रहेका छन् । यद्यपि अध्यक्ष प्रत्यासी रतन झालाई संघका पूर्व अध्यक्ष जिबा लामिछाने र संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको समर्थन रहने अनुमान गर्नेहरु पनि संघ भित्र नरहेका होइनन । संघका एक अभियन्ताका अनुसार घलेले अध्यक्ष पदमा निरन्तरता दिन चाहेर उम्मेदवारी दिएमा घलेलाई सजिलै हराउन सक्ने उम्मेदवारका रुपमा संघका प्रभावशाली महासचिव कुमार पन्तलाई अध्यक्ष पदमा मैदानमा अघि सार्न संस्थापक अध्यक्ष उपेन्द्र महतो र संघका पूर्व अध्यक्ष जिबा लामिछाने बीच सहमति हुने छ र त्यति बेला रतन झा र टीबी कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएर उपाध्यक्ष पदमा चित्त बुझाउदै पन्तलाई सघाउने छन् । यता घलेको समर्थनमा रहेका युरोप संयोजक एवं सचिव प्रत्यासी बेल्जियमका अर्जुन श्रेष्ठ घलेकै समर्थनमा अष्ट्रेलियाका गणेश केसीले सचिवमा उम्मेद्वारी दिए पछि आफ्नो उम्मेदवारीलाई समर्थन जुटाउन संघका पूर्व अध्यक्ष जिबा लामिछानेको सरणमा पुगेका छन् भने महासचिवमा संस्थापक अध्यक्ष उपेन्द्र महतो र संघका पूर्व अध्यक्ष जिबा लामिछाने निकट बद्रि केसी एक्लो मैदानमा देखिएका छन् भने यहि समुहबाट कोषाध्यक्षमा अफ्रिकाबाट हिक्मत थापाको एक्लो उम्मेदवारी परेको छ । त्यस्तै महिला संयोजकमा यो समूहबाट संचारकर्मी बेलायत निवासी संगीता मरहठ्ठाले आफ्नो दावी प्रस्तुत गरेकी छिन । यहि समुहका संघका बेलायतस्थित पूर्व अध्यक्ष कुल आचार्यले समेत मूख्य पाँच पद मध्य एक पदमा आफ्नो दावी सार्वजनिक गरेका छन् । यता निर्वाचनको बैधतालाई लिएर अदालतमा मुद्धा खेपिरहेको बिबाद ग्रस्त संघको अमेरिकास्थित पूर्व नेतृत्व मध्य कानुन ब्याबसायी खगेन्द्र जिसीले क्षेत्रीय संयोजकमा र उनका चिर परिचित प्रतिद्वन्दी सोनाम लामाले उपाध्यक्ष वा क्षेत्रीय संयोजक मध्य एक पदमा उम्मेदवारी दिने आंकलन गरिएको छ । यद्यपि अमेरिकाबाट क्षेत्रीय संयोजक पदका आकांक्षीहरुमा शिवकुमार राई, राम खरेल र राजेन्द्र सिवाकोटी समेत रहेका छन् । संघको आसन्न सम्मेलनको नेतृत्व चयनका लागि घलेका पर्दा पछाडिका हस्तीहरु जर्मनीका दिल गुरुङ्ग, बेल्जियमका युबराज गुरुङ्ग, जानकी गुरुङ्ग, बेलायतका सुर्य गुरुङ्ग, भक्त गुरुङ्ग र क्याप्टेन हितमान गुरुङ्ग कुनै पनि मूल्यमा घलेलाई अध्यक्ष पदमा निरन्तरता दिन साम दामको दण्ड भेदी नीति अख्तियार गर्ने पक्षमा जुटेका छन् । उता संघका पूर्व अध्यक्ष जापान निवासी देवमान हिराचन सुरुवात देखिनै संघ धनी मानिको क्लब बनेको भन्दै घलेको संघ प्रवेश प्रति असन्तुष्ट रहँदै आएका छन् भने संघका संरक्षक जर्मन निवासी रामप्रताप थापा समेत घले प्रति आस्वस्त नरहनुले संघका महासचिव कुमार पन्तको तालुमा अध्यक्ष पदको आलु फ़ल्नेत होइन ? अनुमानको बजार यसरीनै गर्माएको छ ।

प्रतिक्रिया