बुधबार, असोज ६ २०७८
काठमाडौं १७:३७
वासिङटन डिसी 07:52

उत्तर भारतमा विषाक्त खानाका कारण ६४ स्कुले बालबालिका बिरामी

इनेप्लिज २०७२ भदौ १६ गते १४:५७ मा प्रकाशित

india-map-1024x1024नयाँदिल्ली (भारत), १६ भदौ । उत्तर भारतको चिन्हातमा स्कुले बालबालिका बुधबार विषाक्त खाना खाएका कारण बिरामी परेका यहाँस्थित एक उच्च प्रहरी अधिकारीले जनाएका छन् ।

सुरक्षा स्रोतका अनुसार लखनऊको चिन्हात क्षेत्रमा अवस्थित एक प्राथमिक विद्यालयमा बुधबार दिउँसोको खाना खाएपछि विद्यार्थीहरुले एकाएक पेट दुःखेको र शारीरिक अस्वस्थता महसुस गरेको बताएका थिए ।

सबै बिरामी खतरामुक्त अवस्थामा उपचारारत् भएको प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
यसैबीच, खाद्य सुरक्षा अधिकारीले खानाको नमुना सङ्कलन गरी ल्याब परीक्षणका लागि पठाइसकिएको छ ।
घटनाको छानबिन गर्न विद्यार्थीका आफन्त तथा परिवारजनले आग्रह गरेका छन् ।

प्रतिक्रिया