बुधबार, मंसिर १० २०७७
काठमाडौं ११:३०
वासिङटन डिसी 00:45

पाँच आतङ्कवादीलाई मृत्युदण्ड

इनेप्लिज २०७२ भदौ १६ गते १४:५३ मा प्रकाशित

deathpenalty2012_21-660x330इस्लामाबाद (पाकिस्तान), १६ भदौ । पाकिस्तानका सेना प्रमुख राहिल सरिफले सैन्य अदालतले बुधबार पाँच केही कुख्यात आतङ्ककारीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको पुष्टि गर्नुभएको छ ।

सजाय सैन्य अदालतले सुनाएको उक्त फैसलालाई कानुनसम्मत भएको उहाँले बताउनुभयो ।
गएको महिनामात्रै पनि सरिफले सात जना अरू लडाकूविरुद्ध मृत्युदण्ड दिइएको बताउनुभएको थियो ।

मृत्युदण्ड सुनाइएका व्यक्तिहरु आतङ्ककारी कार्यमा संलग्न रही साम्प्रदायिक द्वन्द्व निम्त्याउने अभिप्रायले देशको दक्षिणपश्चिममा अवस्थित क्वेटा सहर, कराँचीमा भएको प्रहरी हत्या, वानुमा रहेको जेल तोडेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया