श्रीमती छाडेका ऋतिक कंगनाको अफेयरमा ?

इनेप्लिज २०७२ भदौ १६ गते १३:३५ मा प्रकाशित

INDIA-ARTS-CINEMA-BOLLYWOODमुम्बई । बलिउड अभिनेता ऋतिक रोशनको उनकी पत्नी सुज्जैन खानसँग २०१४ मा सम्बन्ध विच्छेद भएको थियो । सम्बन्ध विच्छेदपछि ऋतिकको नाम कैयौ अभिनेत्रीसँग जोडिँदै आएको छ । ऋतिक र कंगना रनौतको अफेयरको खबरले बजार तातिरहेको छ ।

भूषण कुमारको नयाँ गीत ‘धीरे धीरे से’को लञ्च कार्यक्रममा जब ऋतिक रोशनलाई सोधियो की तपाई यो सुन्दर गीतलाई को सँग सम्झिनुहुन्छ, तब ऋतिकले भने-‘मेरो जीवनमा अहिले यस्तो कोही छैन् जसका लागि म यो गीतबाट सम्झिन सक्छु, जब कहिल्यै त्यस्तो सम्झना हुनेछ तब तपाईहरुसमक्ष जरुर बताउँनेछु ।’

ritik kangana (1)कार्यक्रममा अभिनेत्री कंगना रनौतसँग आफ्नो अफेयर रहेको प्रश्न सुनेपछि ऋतिक अचम्म परे । यो भन्दा पहिला ऋतिकले भनेको कुरा सम्झिँदै सँगै रहेकी अभिनेत्री सोनम कपूरले बचाउँ गर्दै भनिन् ‘ऋतिकले भर्खरै भने त उनी सिंगल छ ।’

ऋतिकलाई सोधिएको जवाफको उत्तर सोनम दिईन् । त्यहाँ ऋतिक केही बोलेनन् । उनी नबोल्नुले ऋतिक र कंगनाबीच अफेयर रहेको बुझिन्छ । गत वर्षसम्म विवाद भएपछि ऋतिकले श्रीमतीलाई छाडेका थिए ।

प्रतिक्रिया