शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १३:२८
वासिङटन डिसी 02:43

बैंकक बम हमलाका मुख्य योजनाकार पक्राउ

इनेप्लिज २०७२ भदौ १५ गते १३:२६ मा प्रकाशित

nikhil-upradiबंैकक, १५ भदौ । बंैककमा केही समयअघि भएको बम विस्फोटनका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको समाचार छ ।

स्थानीय समाचार माध्यमहरुले दिएको जानकारीअनुसार बैंककको सा काय प्रान्तमा ती योजनाकार पक्राउ परेका हुन् ।

प्रहरीकाअनुसार यसअघि पनि सो घटनामा सम्लग्न एक विदेशीलाई पक्राउ गरेको छ र मुख्य योजनाकारको खोजीका क्रममा मङ्गलबार ती व्यक्ति पक्राउ परेका हुन् ।

सो घटनामा विदेशीको हात रहेको बताउँदै आएको प्रहरीले आज पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाएको छैन ।

दुई हप्ताअघि भएको सो बम हमलामा परी २१ जनाको ज्यान गएको थियो । सो आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका थिए । रासस÷सिन्ह्वा

प्रतिक्रिया