निखिलले आफ्नै वितरकविरुद्ध किन हाले मुद्दा ?

इनेप्लिज २०७२ भदौ १५ गते १३:०१ मा प्रकाशित

nikhil-upradi

काठमाडौं । सफल व्यापार गरिरहेको फिल्म ‘भैरव’लाई काठमाडौंका मल्टिप्लेक्स हलहरुबाट प्रदर्शनमा रोक लगाएपछि नायक निखिल उप्रेतीले आफ्नै वितरकका नाममा मुद्दा हालेका छन् । फिल्म ‘भैरव’का काठमाडौं वितरक गोपाल कायस्थबिरुद्ध निखिलले चलचित्र निर्माता संघमा मंगलबार मुद्दा हालेका हुन् । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘भैरव’ क्युएफएक्स र बिग मुभिज (मल्टिप्लेक्स)बाट दोस्रो दिन शनिबारै हलबाट उतारेपछि वितरकविरुद्ध निखिलले आक्रोशित बनेका छन् । ‘बिना जानकारी चल्दै गरेको फिल्मलाई प्रदर्शनमा रोक लगाएकाले छानविनका लागि चलचित्र निर्माता संघमा निवेदन दिएको नायक निखिल उप्रेतीले बताए । ‘कि त निखिल उप्रेती मल्टिप्लेक्सको होइन भनेर भन्नु पर्यो ? मैंले पनि मेरो औकात त्यहाँको होइन रहेछ भनेर बुझ्छु । होइन भने किन मेरो फिल्म मल्टिप्लेक्समा छ भनेर दर्शकलाई झुक्याउने ? नयाँ धारले मल्टिप्लेक्स धान्छ भने म सिङ्गलमै बसुँला ।’ निखिलले आक्रोशित हुँदै भने । फिल्म ‘भैरव’ले तीन दिनमै डेढ करोड व्यापार गरिसकेको छ ।

प्रतिक्रिया