शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:५०
वासिङटन डिसी 15:05

नासा / आन्मा सम्मेलनमा “स्पोर्टस एण्ड टुरिज्यम” बारे छलफल हुने

इनेप्लिज २०७२ भदौ १४ गते २२:२७ मा प्रकाशित

6_w140

अमेरिकाको नर्थ क्यारोलिना राज्यको स्थित ग्रीनस्बोरोमा आगामी सेप्टेम्बर ४ देखि ६ सम्म आयोजना हुने ११औ नासा / आन्मा सम्मेलनका अबसरमा ” स्पोर्टस एण्ड टुरिज्यम बारे ” एक छलफल कार्यक्रमको आयोजना ” नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेसनल ले गर्ने भएको छ l

उक्त कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथि ,अमॆरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्कीले गर्नु हुने भएको छ l सेप्टेम्बर ६ तारिख , आइतबार स्थानीय समय ४.३० बजे हुने सो कार्यक्रमका अन्य बिशिस्ट वक्ताहरुमा मेरिल्याण्ड तथा पेंसलभेनियाका अबैतनिक राजदूत प्रेम राजा महत ,एनआरएन अमेरिका का अध्यक्ष डा .केशव पौडेल, अमेरिकाको इन्डियन हेड सहर का उप मेयर किरण सिटौला, एएनए का अध्यक्ष रोजर अधिकारी तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिव कुमार राई हुनु हुन्छ l

यसै गरि उक्त बहस कार्यक्रममा एनआरएन. आइसीसी.का पूर्व महासचिब रतन झा, नासियाका पूर्व अध्यक्ष राजा घले, अन्तरास्ट्रिय नेपाली साहित्य समाजका निबर्तमान अध्यक्ष ज्ञानेन्द्र गदाल, नासिया तथा आनमा का बर्तमान अध्यक्ष क्रमस: डा .रामचन्द्र बराल र सुशील राज शर्मा हुनु हुने छ l

डायस्पोरामा रहेका नेपाली मुलका युवा पुस्तालाई नेपाल र नेपालीहरु सित जोड्ने एउटा ससक्त माध्यम खेलकूद भएको र अहिलेको सन्दर्भमा हालै नेपालमा गएको भूकम्पबाट नेपालको पर्यटनका पुर्वाधारहरु नस्ट तथा क्षति ग्रस्त भएको अबस्थामा खेलकुदको माध्यमबाट नेपालको पर्यटन उद्योगलाइ छिटै नै पुनर्स्थापित गर्न सकिने भएकोले यो छलफल कार्यक्रमको आयोजना गरिएको संस्था कि अध्यक्ष सीता पाण्डेले बताएकी छिन् l

सो कार्यक्रममा अमेरिकाका नेपाली प्रतिनिधि संस्थाका प्रमुखहरूको सहभागिता हुने भएकाले बढी सान्दर्भिक ,रोचक तथा ब्यापक सहभागिता हुने भएकोले यसको लागि सम्पर्क गरि रहेको अध्यक्ष पाण्डेले जनाएकी छिन् l

प्रतिक्रिया