प्रहरी र बन्दकर्ताबीच झडप

इनेप्लिज २०७२ भदौ १४ गते १२:२४ मा प्रकाशित

विराटनगर, १४ भदौ । यहाँ आज अपराह्न बन्दकर्तासँगको झडपमा एक प्रहरी सामान्य घाइते भएका छन् ।

पाँच बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शान्तिचोकमा मोटरसाइकललाई जर्बजस्ती रोक्न खोजेको अवस्थामा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालयल मोरङले जनाएको छ ।

बन्दकर्ताको आक्रमणबाट प्रहरी जवान खिलबहादुर मगरको टाउको र निधारमा सामान्य चोट लागेको बताइएको छ । मगरको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बन्दकर्ताले बोतलमा पेट्रोल बोकेर मोटरसाइकललाई जर्बजस्ती रोक्ने प्रयास गरेका प्रहरी उपरीक्षक प्रमोद खरेलले बताउनुभयो । सोही क्रममा विराटनगर–१४ बस्ने साहिर खान, वडा नं १३ निवासी सुमन मण्डल, राजन यादव र विन्देश्वर राम तथा वडा नं १८ निवासी दारुपलाल यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया