सोमबार, मंसिर १५ २०७७
काठमाडौं १२:४४
वासिङटन डिसी 01:59

टीकापुर घटनामा सरकारको विवेक पुगेन: गुरुङ

इनेप्लिज २०७२ भदौ १४ गते १२:२२ मा प्रकाशित

dev-gurungभक्तपुर, १४ भदौ । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले टीकापुरमा सरकारको विवेक नपुग्दा दुःखद घटना भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुको वर्चस्व रहेको टीकापुरमा मात्र लगाइएको निषेधाज्ञाका कारण सो घटना भएको विचार व्यक्त गर्नुभयो ।

“कैलाली आन्दोलनमा जसरी सरकार र विभिन्न राजनीतिक दलहरुले घुसपैठ भएको भन्दै विभिन्न खालका आरोप लगाएका छन् त्यो सरासर गलत हो”–गुरुङले भन्नुभयो, “थारु आन्दोलनलाई हाम्रो पार्टीको पूर्ण समर्थन छ, सरकार र स्थानीय प्रशासनको कमजोरीकै कारण टीकापुरमा दुःखद् घटना भएको हो ।”

प्रतिक्रिया