रसुवामा झण्डै २८ करोड राहत वितरण

इनेप्लिज २०७२ भदौ १४ गते ७:५४ मा प्रकाशित

300px-Rasuwa_district_locationधुन्चे (रसुवा), १४ भदौ । जिल्ला प्रशासन कार्यालय रसुवाले गत आवदेखि अहिलेसम्म भए गरेका सम्पूर्ण कामको विवरण सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार भूकम्पपछिको विपद् व्यवस्थापनअन्तर्गत रसुवा जिल्लामा रु २७ करोड ९३ लाख १२ हजार राहत स्वरुप वितरण गरिएको छ ।

यस्तै, सो अवधिमा ८८० जनालाई नयाँ र ९६९ जनालाई प्रतिलिपि नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ भने एक हजार ६७९ जिल्लावासीलाई राहदानी उपलब्ध गराइएको छ । केही सार्वजनिक र हातहतियारअन्तर्गत परेका ४९ वटा मुद्दामध्ये नौ वटा फछ्र्योट गरी ४० वटा मुद्दाको प्रमाण बुझ्ने काम भइरहेको बताइएको छ ।

यसैगरी, कार्यालयले दण्ड जरिवानाका रुपमा रु ७० लाख ३८ हजार ८७५ राजस्व आर्जन गरेको छ ।

प्रतिक्रिया