विद्युत् सेवा अवरुद्ध

इनेप्लिज २०७२ भदौ १४ गते ७:४५ मा प्रकाशित

black-bulbभद्रपुर, १४ भदौ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर शाखाबाट वितरीत हुने स्थानहरुमा आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

शाखाको पुरानो सवस्टेसनलाई स्तरोन्नति गर्ने कार्य भइरहेकाले विद्युत् लाइन काटिएको कार्यालय प्रमुख रोशन खड्काले जानकारी दिनुभयो ।

बिहान ६ देखि बेलुका ८ बजेसम्म यस शाखाबाट वितरीत भद्रपुर, चन्द्रगढी, महेशपुर, हल्दीबारी, जलथल, डाँडामणि क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको बताइएको छ ।

यसैगरी गएराति परेको पानीले भद्रपुर क्षेत्रमा नेपाल टेलिकमबाट वितरीत लेनलाइन टेलिफोनको लाइन बन्द भएको छ ।

टेलिकमको पिएसटिएन लाइनसँगसँगै मोबाइलमा पनि समस्या उत्पन्न भई सम्पर्क हुन छाडेकाले स्थानीयवासीलाई समस्या भएको छ ।

प्रतिक्रिया