शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २०:२४
वासिङटन डिसी 09:39

शङ्कास्पद अवस्थामा किशोरीको शव फेला

इनेप्लिज २०७२ भदौ १४ गते ७:२८ मा प्रकाशित

गौशाला, १४ भदौ । महोत्तरीको सुन्दरपुर गाविसमा आज बिहान शङ्कास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

सुन्दरपुर–७ सिंहासनी टोल बस्ने रामबाबु यादवकी १५ वर्षीया छोरी सविता यादवको शव सोही ठाउँमा रहेको इनारमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि घरबाट हराएकी सविताको शव आज बिहान स्थानीय इनारमा शङ्कास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

यादवको प्रेम प्रसङ्गका कारण घर परिवारका सदस्यसँग शनिबार झैझगडा भएको थियो भने सोही दिनदेखि उनी अचानक घरबाट हराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले यादवको हत्या वा आत्महत्या हुनसक्नेबारे अनुसन्धान सुरु गरिसकेको छ भने उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया