इमिग्रेशन चौतारी -१३

इनेप्लिज २०७२ भदौ १३ गते २३:०३ मा प्रकाशित

अगस्ट २९, २०१५

बिगत-लगभग ५ बर्ष जती पहिला देखि खगेन्द्र क्षेत्री, इमिग्रेशनका कानून बिग्य, उहालाई खगेन्द्र जिसीको नामले बढी चिन्दछन । उसो त तपाईंहरु धेरै जना उहासँग परीचित नै हुनुहुन्छ । उहाँ खगेन्द्र जिसी कै सहकार्यमा म कृष्ण के सी ले इमिग्रेशन चौतारी कार्यक्रम तयार गरेर बिभिन्न संचार माध्यम बाट प्रसारण सेवा गरेको कुरा तपाईंहरु धेरैलाई स्मरण नै होला ।

त्यो नयाँ तथा चर्चित हुन पुगेको इमिग्रेशन चौतारीको समय पछि हामी दुबैजनाले फरक जिम्मेवारी रोजेका थियौ । संयोग मान्नै पर्छ कि हामी दुबै जना यउटै कार्यकालमा एनआरएन अमेरिकाको कार्यसमितिमा निर्बाचित भयौ । त्यो बिचमा यो इमिग्रेशन चौतारी कर्मक्रम समयको अभावले रोकियो । तर धेरै प्रश्नहरु र अनुरोध पछि पुन कार्यक्रम सँचालन गरेर सेवा प्रदान गर्न हामी तपाईंहरुको साथमा आएका छौ ।

यो निशुल्क सेवामा तपाईंका कुनै इमिग्रेशन समस्या, जिज्ञासा, प्रश्न भएमा हामीलाई कुनै पनि माध्यम बाट पठाउनु भय हामी त्यसको जवाफ दिने प्रयास गर्ने छौ । यो छलफलमा चाँहि हामीले बिशेषगरी टिपिएस (TPS) र इमिग्रेशनका अरु बिषयहरुलाई छलफलमा उठाएका छौ । बाँकी कुराको लागि भिडियोमा हेर्नुहोला ।

 

 

संपर्कको लागि :

कृष्ण के.सी

[email protected]

फोन – 510-206-1920

 

Khagendra Chhetry, Esq.

[email protected]

Chhetry & Associates P.C.

http://chhetrylaw.com

प्रतिक्रिया